मंसिर १७, काठमाडौं , सुनको मूल्य आज बढेको छ। यो दिन तोलामा १८०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजारमा रुपैयाँमा कारोबार थियो ।यसैगरी यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
किन बढिरहेको छ सुनको मूल्य ?
यो वर्षको सुरुवातदेखि अहिलेसम्म सुनको मूल्यमा वृद्धि देखिएको छ । सुन र अमेरिकी डलरबीच अप्रत्यक्ष अर्थात उल्टो सम्बन्ध रहेको छ । अमेरिकी डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गर्दछ र बढ्दा घट्ने गर्दछ । सुनलाई नयाँ कोरोबार क्षेत्रमा प्रवेश गराएको छ । लगानीकर्तामा यसको कारोबारप्रति चासो जागेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि यो दिन पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।