पुष २०, काठमाण्डौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।