Advertisement
Advertisement
Advertisement
Advertisement

सुदृढ हुँदैछ सुरक्षित गर्भपतन सेवा

  |      14:51:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २५, सर्लाही । सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । नचाहादा नचाहदै र अनैतिक सम्बन्धबाट रहनगएको गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूले सुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् । 

 

जिल्लामा परिवार नियोजन सङ्घ, मेरी स्टोप्स् र आइपास नेपाल संस्थाले सुरक्षित गर्भपतन गराउँदै आएका छन् । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा एक हजार ८९७ किशोरी तथा महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । 

 

चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा ३३३ जनाले सुरक्षित गर्भपतन गराएका थिए । सेवा लिनेमध्ये करीब ९० प्रतिशत महिलाले गर्भपतन पश्चात परिवार नियोजनको सेवासमेत लिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

 

आइपास नेपाल संस्थाको सहयोगमा जिल्लाका १४ वटा सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएका छन् ।त्यस्तै परिवार नियोजन सङ्घले पनि सदरमुकाम मलङ्गवा र हरिवनमो मेरी स्टोप्स सेन्टरले लालबन्दीमा सुरक्षित गर्भपतन गराउँदै आएको छ । यसबाट जिल्लाका गरीब तथा पिछडिएका महिला तथा किशोरीको पनि पहुँच बढ्दै गएको सरोकारवालाको भनाइ छ । 

 

जिल्लामा निःशुल्क रुपमा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा हुँदाहँुदै पनि अझै कतिपय महिलामा असुरक्षित गर्भपतन गराउने चलन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका नर्स लक्ष्मी श्रेष्ठले बताए । समुदायमा सुरक्षित गर्भपतन सेवाको जानकारीको कमी र विभिन्न लोभ लालचमा पारी केही दलालले भारतमासमेत पु¥याउने गरेकाले महिलाहरुले झन जटिल समस्या भोग्नुका साथै महँङ्गो सेवा लिन बाध्य बनाइएको उनको भनाइ थियो ।

 

 गाउँ–गाउँमा झोले चिकित्सकले पनि ग्रामीण समुदायका गरीब तथा अशिक्षित महिलालाई प्रलोभनमा पारी गैर कानूनी रुपमा औषधि बेच्ने गरेको र त्यसको प्रयोगले महिलाको स्वास्थ्यमा थप समस्या बढेको गरेको नर्स श्रेष्ठले बताए। असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न समाजका सबै तहबाट सहयोग हुनुपर्ने आवश्यकता रहेको आइपासका जिल्ला संयोजक शङ्कर देवकोटाले जोड दिए । 

 

सुरक्षित गर्भपतनका लागि सम्बन्धित महिलाको मन्ञ्जुरीमा १२ हप्ता सम्मको, जबरर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहनगए १८ हप्ता सम्मको तथा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरामा पर्ने भएमा, शारीरिक, मानसिक रुपले स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ बच्चा जन्मनसक्ने भएमा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भपतन गराउन सकिने कानूनी प्रावधान छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement