Advertisement
Advertisement
Advertisement
Advertisement

सामुदायिक विद्यालय प्रविधिमैत्री बनाइने

  |      15:37:00   |  
वेब तस्विर
वेब तस्विर
साउन ८, जाजरकोट ।  यहाँको नलगाड नगरपालिकाका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड (विद्युतीय पाटी) र कम्प्युटरमार्फत पढाइन लागेको हो । 
 
पठनपाठनदेखि अन्य व्यवस्थापनको काम पनि प्रविधिको माध्यमबाटै गर्ने गरी कार्ययोजना बनाइएको छ  । अहिले पहिलो चरणमा यहाँका १४ विद्यालयमा कार्ययोजनाअनुसार काम सम्पन्न भइसकेको र बाँकी विद्यालयमा योजना कार्यान्वयनमा लैजाने विषयमा अन्तिम निष्कर्षमा पुगिएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले जिल्लाको शिक्षाको गुणस्तरमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो  । चौध वटा विद्यालयलाई नमूनाका रुपमा अगाडि बढाएर प्राविधिक काम समेत गरिएको छ । 
 
त्यस्तै रुकुम पश्चिमका २८७ वटै विद्यालयलाई पनि प्रविधिमैत्री बनाउन र शिक्षामा गुणस्तरीयता बृद्धि गर्न स्थानीय सरकारका प्रतिनिधि सहमत भएका छन्  । यसको व्यवस्थापनका लागि हरेक वर्ष रु २४ करोड बजेट खर्च हुने अनुमान गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । 
 
प्रशासनिक, अनुगमन, पाठयोजना र सूचना प्रविधि जडान तथा पठनपाठनका लागि एक वर्षमा रु २४ करोड लाग्ने र त्यसको व्यवस्थापन आ–आफ्नो स्थानीय तहले व्यहोर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो  । प्रविधि र दक्ष जनशक्तिको सहायताले अबको तीन वर्षभित्र सबै विद्यालयका प्रअ, व्यवस्थापनलगायत सबै कुरा प्रविधिमैत्री भइसक्ने गरी योजना बनाइएको छ । 
 
त्यसका लागि संघीय तथा प्रदेश सरकार, शिक्षा मन्त्रालय, दातृ निकायसँग आर्थिक तथा प्राविधिक सहयोग लिइनेछ । विद्यालयको लेखा तथा प्रशासन, अनुगमन र पठनपाठनलाई प्रविधिमैत्री बनाउन मिदास नामक संस्थाले चारवटा सफ्टवेर निर्माण गरिदिने भएको छ । आगामी भदौ १ गतेदेखि सबै स्थानीय तहका केही विद्यालयबाट यसको शुरुआत गरिने भएको छ  । 
 
सबै विद्यालयलाई प्रविधिमैत्री बनाएर तीन वर्षभित्र जिल्लामा शैक्षिक गुणस्तर ८० प्रतिशत बृद्धि गर्ने गरी काम गरिने जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताउनुभयो  । 
 
विद्यालय प्रविधिमैत्री भयो÷भएन, गुणस्तरीय शिक्षा दिन शुरु गरिएको छ कि छैन भनेर १० विद्यालयबराबर एकजना अनुगमनकर्ता खटाइनेछ । उनीहरूको प्रतिवेदनअनुसार विद्यालयमा अपुग विषयको व्यवस्थापन र नगर्नेलाई कारवाहीको दायरामा समेत ल्याइने गरी कार्ययोजना बनाइएको छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement