Advertisement
Advertisement
Advertisement
Advertisement

सवारी दुर्घटनालाई घटाउन आराम स्थल

  |      14:42:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २०, काठमाडौं ।  बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । 

 

सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा आइसकेका छन् ।

 

चालकको लापरवाही तथा थकानका कारण बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरकारले चालक, सहचालक तथा यात्रुलाई आराम गर्नका लागि आराम स्थलहरुको स्थापना गर्न लागेको हो । 

 

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउन जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सात प्रदेशको १४ स्थानमा उक्त स्थल स्थापना गर्न लागिएको हो । 

 

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री चालक थकानका कारण निधाएर दुर्घटना हुने क्रम बढेकाले एकछिन भए पनि आराम दिनसके दुर्घटना कमी आउने भन्दै उक्त स्थल स्थापना गरिएको बताउछन् । 

 

आराम स्थलले दुर्घटना न्यूनीकरण गर्दै चालक, सहचालक तथा यात्रुलाई अनुशासन सिकाउने उनको भनाइ छ । आगामी दिनमा राजमार्गका प्रमुख स्थानमा यस्ता आराम स्थलहरु विस्तार गर्दै लैजाने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला आराम स्थल स्थापना हुनु यातायात क्षेत्रमा राम्रो पहल भएको बताउछन् । “आराम स्थल स्थापना गर्न महासङ्घले धेरै पहिलेदेखि माग उठाउँदै आएको थियो, जुन अहिले पूरा हुन लागेको छ, आराम स्थलहरु स्थापना हुनु सराहनीय काम हो,”–उनी भन्छन् । 

 

प्रदेश नं २ को तीन स्थान, प्रदेश न ६ को एक स्थान र अन्य पाँच प्रदेशको दुई÷दुई स्थानमा आराम स्थल स्थापना हुने भएको छ । प्रदेश नं १ मा सुनसरीको कोशी कटान र ८ इलामको कटेनी सडकखण्ड, प्रदेश नं २ मा बाराको पथलैया, धनुषाको लालगढ र सप्तरीको शम्भुनाथ, प्रदेश ३ मा सिन्धुलीको खुर्कोट र धादिङको मझिमटारमा रहनेछ । 

 

प्रदेश नं ४ मा नवलपरासीको कावासोती र तनहुँको दुलेगौँडा, प्रदेश नं ५ मा दाङको लमही र बर्दियाको बाँसगढी, प्रदेश नं ६ मा सुर्खेतको छिन्चु र प्रदेश नं ७ मा कैलालीको घोडाघोडी र डोटीको बुढरमा रहनेछ । सरकारले प्रत्येक सेन्टर निर्माणका लागि असारमा नै रु चार लाख ५० हजारका दरले बजेट निकासा गरिसकेको छ । 

 

प्रहरी प्रधान कार्यालयका अनुसार ६ स्थानमा आराम स्थल सञ्चालनमा आइसकेको छ । सुनसरीको कोशी कटान, सिन्धुलीको खुर्कोट, नवलपरासीको कावासोती, दाङको लमही, सुर्खेतको छिन्चु र कैलालीको घोडाघोडीमा आराम स्थल सञ्चालनमा आइसकेको छ । 

 

ती आराम स्थलमा आवश्यकताअनुसार ट्राफिक र जनपथ प्रहरी खटाइकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश नं १ मा भने आराम स्थलमा सिसी क्यामरासमेत जडान गरिसकिएको छ । 

 

आराम स्थलमा ट्राफिक पोष्ट, चालक, सहचालक तथा यात्रुलाई ट्राफिक जनचेतनासम्बन्धी जानकारी दिन कक्षाकोठा, खाना खाएर आराम गर्ने कोठा, पानीको धारा, चर्पीलगायतका सुविधा हुनेछ । 

 

प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई आराम स्थलमा यात्रु र चालक तथा सहचालकलाई जनचेतनामूलक कक्षा दिने, सवारी चेकजाँच, यात्रुको असुविधा सुन्नेलगायतका कामसमेत हुने बताउछन् । उनका अनुसार प्रत्येक सार्वजनिक सवारी साधनका चालक, सहचालक र यात्रुलाई पाँचदेखि १५ मिनेटसम्म ट्राफिक जनचेतनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारीसाधन रहेका छन् । साँघूरो बाटो र धेरै सवारीसाधन हुँदा अत्यधिक सवारी चाप र दुर्घटनासमेत हुने गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement