Advertisement
Advertisement
Advertisement
Advertisement

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

  |      22:05:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १७, काठमाडौं । नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको दस्रो साता गर्न लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । 

 

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकारी दिनेशकुमार सिंहबीच प्रतियोगिता आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

 

१० वर्षसम्म कायम हुने सम्झौताअनुसार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधीको हुनेछ । यससँगै प्रतियोगिता सञ्चालनका लागि आधाआवाधीले प्रायोजक समेत आफैं खोज्नेछ । फाउण्डेसनले नेपाल भलिबल संघलाई प्रत्यक वर्ष १५ लाख समेत प्रदान गर्नेछ । 

 

कार्यक्रममा प्रमुख कार्यकरी सिंहले रु आठ लाखको चेक संघलाई हस्तान्तरण गर्नुभयो ।

सम्झौताअनुसार प्रतियोगिताको विजेताले रु छ लाख पाउनेछन् भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार हात पार्नेछन् । भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक राशिको पुरस्कार हो । 

 

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान टिभिएस स्कुटर र रु ५० हजार पाउनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित छ टोलीको सहभागिता रहनेछ । नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौँ क्वीन्स र पोखरा पिन्केजले प्रतियोगितामा सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । 

 

कार्यक्रममा प्रमुख कार्यकारी सिंहले प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था समेत गरिदिने आश्वासन दिनुभयो । 

आधाआवाधीका नेपाल संयोजक सूर्य गुरुङले राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलको समेत मर्मतसम्हार गरिदिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement