भदौ १६, सुर्खेत । सर्पको टोकाइबाट आज यहाँ एक बालिकाको मृत्यु भएको छ ।
पञ्चपुरी नगरपालिका–४ मा सर्पको टोकाइबाट आठ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
बालिकालाई सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चौधरीले बताउनुभयो ।