Advertisement
Advertisement
Advertisement
Advertisement

सरकारले निर्धारण गरेको पारिश्रमिक नपाए मजदूरले आन्दोलन गर्ने

  |      15:22:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १८, झापा । यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् ।

 

न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आन्दोलन गर्ने जनाएको छ । 

 

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक रू. २७८ बाट वृद्धि गरी रू ३८५ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदूरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताए । चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । “सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो,” उनले भने । 

 

अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटा पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताउछिन् । अखिल नेपाल चिया मजदूर सङ्घ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले मजदूरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताए । पारिश्रमिक नदिए उद्योग सञ्चालकलाई सरकारले कारवाही गर्नुपर्ने उनको माग छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement