Advertisement
Advertisement
Advertisement
Advertisement

सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्नेमा महिला भन्दा पुरुष धेरै
सम्बन्ध बिच्छेद गारउनेमा ७३ वर्षे वृद्धसमेत अदालतमा

  |      10:49:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १२, दाङ ।  नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । 

 

सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला गरेको छ । 

 

अहिले जिल्ला अदालत घोराहीमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् । जिल्ला अदालत घोराहीका अनुसार भदौ १ गतेदेखि सोमबारसम्म अदालतमा सम्बन्ध बिच्छेदका लागि १५ मुद्दा दर्ता भएको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर राणाले जानकारी दिए । 

 

एघार सम्बन्ध बिच्छेदका मुद्दा पुरुषले दर्ता गराएका हुन् । श्रीमतीले घर व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा बस्दा पठाएको पैसा हिनामिना गरेको, विदेशबाट घर आउँदा श्रीमती घरमा नभएको, परपुरुषसँग सम्बन्ध राखेको लगायतका कारण देखाउँदै पुरुषले सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । सम्बन्ध बिच्छेद गारउनेमा ७३ वर्षका वृद्धसमेत रहेका छन् ।

 

जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६६४ मुद्दा दर्ता भएका थिए । अदालतले ४९७ मुद्दाको फैसला गरेको थियो भने १६६ मुद्दाको फैसला हुन बाँकी छ । नयाँ संहिता लागू भएसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दा आउन थालेको राणाले बताए। अब अदालतले सम्बन्ध बिच्छेदका मुद्दामा पक्ष र विपक्षलाई मेलमिलापकर्ताका माध्यमबाट सकेसम्म मिलाउने कोशिश गर्ने र मिल्नै नसक्ने अवस्था भए सम्बन्ध बिच्छेद गरिने राणाको भनाइ छ ।

 

 यसअघि सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जाने व्यवस्था थियो । पुरुषले गाउँ विकास समिति तथा नगरपालिकालगायतका विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध बिच्छेदका लागि अदालत जान पाउने कानूनी व्यवस्था थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement