Advertisement
Advertisement
Advertisement
Advertisement

समान ज्याला पाउने भएपछि खुशी छिन् मनचली

  |      15:58:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ६, दाङ ।  पुरुषसरह काम गर्दा पनि समान ज्याला पाउनबाट वञ्चित मनचली चौधरीलाई अब भने त्यस्तो समस्या नपर्ने भएको छ । बिहानै उठी दिनभर काममा घोटिँदा पनि उनको ज्याला उनीसँगै काम गर्ने पुरुषसरह हुँदैनथ्यो तर अब भने समान ज्याला पाउने भएपछि उनी निकै खुशी छिन् । 

 

लामो समयसम्म स्थानीय भूपेन्द्र चौधरीसँग लेबर काम गर्दै आएको र दुई वर्ष पहिले सीप विकास तालीम केन्द्र तुलसीपुरले महिलालाई लक्षित गरी आयोजना गरेको डकर्मी तालीममा सहभागी भएपछि पुनःभूपेन्द्रकै सहयोगमा घरको गारो लगाउने काम गर्नसक्ने भएपछि पुरुषसरह उनले समान ज्याला पाउन थालेकीहुन् । “बिहानदेखि साँझसम्म दिनभर काममै लाग्दा पनि पुरुषसरह ज्याला नदिएर हामीलाई काम गर्न लगाइन्थ्यो”, विगतका दिनको स्मरण गर्दै उनले भनिन् । 

 

तुलसीपुर नगरपालिका–६ निवासी मनचलीको पुरुषसरह ज्याला पाउने चाहना धेरै वर्षपछि मात्र पूरा भयो । मिस्त्री काम सिकेपछि पारिश्रमिक राम्रो हुने र घरपरिवारको खर्च टार्न पनि सजिलो हुने भन्दै उनी दुई वर्षअघि तालीममा सक्रियरुपमा सहभागीथईन् । लेबर काम गर्दा दैनिक रु. ३५० पाउने गरेको उनले अहिले पुरुषसरह घरको गारोे लगाउने काम गर्न थालेपछि दैनिक रु. एक हजार पाउने गरेको बताईन् । 

 

आर्थिक अवस्था कमजोर भएकै कारण आफूले जीवनमा धेरै दुःख भोगिसकेकाले अब आउँदा दिनमा त्यस्तो नहोस् भन्नका लागि आफू आत्मनिर्भर बन्नेतर्फ लागेको उनको भनाइ छ । 

 

अहिले मनचली मात्र होइन उनीसँगै तुलसीपुर नगरपालिका–५ की शान्ता चौधरी, दङ्गीशरण गाउँपालिका–३ स्थायी घरभई हाल तुलसीपुर उपमहानगरपालिका–६ मा डेरा गरेर बस्दै आएकी सीता चौधरीले पनि घर गारोे लगाउने काम गरिरहेकीछन् । 

 

उनीहरुले टरिगाउँमा रहेको एक निजी घरमा पर्खाल लगाइरहेकाछन् । एक वर्ष अगाडिदेखि उक्त काम सिक्दै गरेका ती महिलाले अब भने पुरुषसरह नै काम गरेबापत ज्याला पाउन सक्ने भयौं भन्दै खुशी भएका छन् । 

 

विगतका दिनमा आफूहरुले पुरुषसँगै दिनभर लेबर भएर काम गर्दथ्यौं तर ज्याला पाउँदा उनीहरुले रु. ५५० प्रतिदिनको ज्याला पाउँथे आफूहरुले भने रु. ३०० मात्र । त्यसले मन खिन्न हुन्थ्यो तै पनि केही नबोलेर ज्याला लिने गर्दथ्यौं, शान्ताले विगतलाई स्मरण गर्दै बताईन् । उनले भनिन्, “अनि मनमनै सोच्ने गर्दथे अब त गारो लगाउने काम जसरी भए पनि सिक्छु ।” 

 

दुई वर्षअघि सीप विकास तालीम केन्द्र तुलसीपुरले महिलाको लागि लक्षित गरी सञ्चालन गरेको डकर्मी तालीममा सहभागी हुने अवसर पाएर तालीम सकिएलगत्तै घर बनाउनका लागि गारो एवं पर्खाल लगाउने कामको शुरु गरेँ । अहिले त पुरुषसरह काम गर्छु ज्याला पनि उनीहरुसरह नै पाउने गरेकी छु उनले भनिन् । 

 

यसैबीच आव २०७३/०७४ मा सीप विकास तालीम केन्द्र तुलसीपुरले दाङ र सल्यान जिल्लाका दुईवटा ठाउँमा ६० जना महिलालाई डकर्मी तालीम दिएको जनाएको छ ।  केन्द्रका प्रमुख सुदर्शन अधिकारीका अनुसार सो काम गर्न इच्छुक महिलालाई दाङ र सल्यानमा दुई चरणमा तालीम प्रदान गरिएको थियो । 

 

अहिले करीब एक दर्जन महिलाले आफ्नो, दक्षता, सीप तथा क्षमता देखाउन सफल भएकाछन् अधिकारीले भने। गत वर्षदेखि सो तालीम कार्यालयले सञ्चालन नगरेको भए तापनि यसपटक भने कसैको माग आएमा भने सञ्चालन गरिने केन्द्र प्रमुख अधिकारीले बताए । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement