Advertisement
Advertisement
Advertisement
Advertisement

समाजसेवी गुरुङको धानखेत विद्यालयलाई

  |      12:19:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ५, पर्वत । पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१औँ जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेकाछन् । 

 

उनले स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएकाहुन् । 

 

तत्कालीन राजसभा स्थायी समितिका पूर्व सदस्यसमेत रहेका गुरुङले दुई विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन र बाँकी जमीनमा आयआर्जनका कार्यक्रम गरेर शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा सहयोग गरेको बताए । उनले लामो समय आफू गाउँमै बसेर समाजसेवामा लागेको र आफ्नै पहलमा स्थापना भएका विद्यालयलाई व्यक्तिगत जग्गा हस्तान्तरण गरेको बताए । 

 

उक्त जग्गाको लालपुर्जा गुरुङले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा जग्गादाता गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै दिर्घायुको कामना समेत गरिएको थियो । गुरुङ दम्पतिका चार छोरा छन् । उनीहरू कोही वैदेशिक रोजगार त कोही बुटबलमा व्यवसायमा संलग्न रहेकाछन्। गुरुङ केही समय गाउँमा त केही समय बुटबलमा बस्दै आएकाछन् । 

 

गुरुङले प्रदान गरेको जग्गाको मूल्य रु. २५ लाख बराबरको छ । आफ्नो धानखेत, कोदोबारी र खरबारी जस्ता गाउँका महत्वपूर्ण जग्गा प्रदान गरेका मदनआश्रित माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर क्षेत्रीले जानकारी दिए । उनका केही जग्गामा विद्यालयका लागि भौतिक पूर्वाधार बनाउने र बाँकी जग्गा भाडामा दिएर विद्यालयको लागि आयआर्जन गरिने बताए । 

 

अहिले कक्षा १० सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालन गर्ने योजना रहेको छ । कक्षा १२ सम्म सञ्चालन भएपछि उक्त वडाका विद्यार्थी अध्ययन गर्नका लागि छिमेकी वडा नं ५ को लुङ्खुदेउराली जानुपर्ने बाध्यता हट्ने छ । 

 

जन्मदिनकै अवसरमा अर्जुनचौपारी गाउँपालिका वडा नं ५ आरुचौर स्याङजामा रहेको सर्वोदय माविमा रु. ५३ हजारबराबरको कोष खडा गरेकाछन् । हरेक वर्ष साहित्यसम्बन्धी प्रतियोगिता गर्ने र उत्कृष्ट हुनेलाई सोही अक्षयकोषको रकमबाट पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेकाहुन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement