Advertisement
Advertisement
Advertisement
Advertisement

सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना

  |      11:39:00   |  
वेब तस्विर
वेब तस्विर

असोज १, काठमाडौं ।  नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । 

 

प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । 

 

मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारवाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ । ट्राफिक प्रहरीको मुख्य काम भनेकै सवारी चालकलाई सडक अनुशासनमा हिँड्न सिकाउने हो । 

 

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री सडक र सवारी सञ्चालन हुने मुलुकको सबै क्षेत्रमा ट्राफिक प्रहरी पु¥याउने लक्ष्यअनुसार ट्राफिक प्रहरी कार्यालय विस्तार गरिएको बताउछन् । 

 

“संविधानअनुसार निर्माण भएको सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना गरेको हो”, उनले भने । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सबै प्रदेशमा ट्राफिक कार्यालय पु¥याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

अब हरेक प्रदेशमा प्रहरी उपरीक्षक एसपी को नेतृत्वमा ट्राफिक कार्यालय सञ्चालन हुनेछन् । यसअघि पूर्वक्षेत्रीय ट्राफिक कार्यालय विराटनगर, मध्य क्षेत्रीय ट्राफिक कार्यालय पथलैया, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवल, मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुर र सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय धनगढीमा रहेको थियो । हाल देशभर ट्राफिक दरबन्दी दुई हजार ४०० को हाराहारीमा रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ८५ रहेको छ ।

 

काठमाडौं, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा उक्त जनशक्ति रहेको छ ।  उपत्यकामा सवारीसाधनको तुलनामा ट्राफिक जनशक्ति अपुग छ । उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । 

 

ट्राफिक बत्ती चोकमा नहुनु र सवारीसाधन अत्यधिक हुनाले उपत्यकामा बेलाबेलामा सवारी चाप हुने गरेको छ । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्साल उपत्यकाको ट्राफिक चापलाई न्यूनीकरणका लागि सरकारबाट विशेष योजना ल्याउनु आवश्यक रहेको बताउछन् । 

 

ठाउँठाउँमा आकाशे पुल र ठाउँठाउँमा अन्डरग्राउण्ड मार्ग निर्माण गरे उपत्यकाको ट्राफिक चाप केही हदसम्म कम हुने महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् त्यीमध्ये काठमाडौं उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement