Advertisement
Advertisement
Advertisement
Advertisement

सप्तऋषि पूजामा महिला सशक्तीकरणका गीत

  |      16:38:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २९, काठमाडौं ।  काठमाडौं महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शनका लागि आएका भक्तजनले सामाजिक चेतनाका गीत प्रस्तुत गरेका छन् । 

 

प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन लाग्ने उक्त मेला भर्न काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रबाट आएका महिला भक्तजनले ऋषेश्वरको दर्शन तथा पूजा आराधनापछि उनीहरुका अधिकारसम्बन्धी गीत गाएका हुन् । 

 

मन्दिर परिसरमा पञ्चमीको पूजाका लागि विशेष भीड लागेको छ । कामपा–१२ ले मेलालाई व्यवस्थित बनाउन ऋषेश्वर मेला व्यवस्थापन समिति गठन गरी त्यस क्षेत्रमा सरसफाइ तथा भक्तजनको सुरक्षा र भैपरी आउने समस्याको व्यवस्थापन गरेका छन् । वडा अध्यक्ष विकास डङ्गोलले मेला व्यवस्थानपनका लागि १२ वडाले महानगरसँग रु. पाँच लाख माग गरेकामा रु. तीन लाख उपलब्ध गराएको जानकारी दिए । 

 

भक्तजनको सहजताका लागि गएराति १२ बजेदेखि नै मन्दिर खुला गरिएको समितिले जनाएको छ । त्यस क्षेत्रको सडक खण्डमा सवारी साधन आवागमनमा निषेध गरिएको छ भने मेला भर्न आउने भक्तजनले सडकमा नाचगान गरिरहेका छन् । सामाजिक सशक्तीकरण तथा महिला अधिकारसम्बन्धी अधिकांश गीत लयवद्ध रुपमा घन्किएका छन् । 

 

मन्दिरमा दर्शन गर्न आउने मानिसलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ । स्थानीयवासीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले दर्शनका लागि लामबद्ध भक्तजनलाई व्यवस्थित गर्न सहयोग गरेका छन् । 

 

मेला व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर बज्राचार्यले शान्त वातावरणमा दर्शनार्थीले मन्दिरमा पूजा गरेको बताउँदै लामबद्ध भएका भक्तजनलाई साँझसम्म पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको बताए । विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति र सामुदायिक शहरी स्वास्थ्य क्लिनिकको सहयोगमा दर्शनका लागि आएका महिलालाई गम्भीर समस्या भए अस्पताल लैजानका एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।

 

मन्दिर परिसरभित्र तथा बाहिर पूजा गरी दान दक्षिणा लिनका लागि पण्डितको व्यवस्था मिलाइएको छ । मन्दिरमा दर्शन गर्न आएकी दीपा केसीले हिन्दू नारीको उक्त पर्वको विशेष सांस्कृतिक महत्व रहेको बताउँदै मेलामा स्वयंसेवकको क्रियाशीलता तथा व्यवस्थापनका कारण छिट्टो छरितो लाइन सरेको अनुभव व्यक्त गरिन् । मेला व्यवस्थापनका लागि करीब ३०० स्वयंसेवक खटाइएको समितिले जनाएको छ । 

 

नारीहरू रजस्वला हुँदा जानेर वा नजानेर गरिएका जति पनि पापबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरेको हिन्दू धर्मावलम्बीको विश्वास छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको महिलाले आजको दिन पूजा गर्ने गर्दछन् । 

 

व्रतालु महिलाले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दाँत माझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो बस्त्र पहिरेर पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने गर्दछन् । उनीहरुले आजको दिन हलोबाट उत्पन्न भएका अन्न नखाई सागपात, कन्दमूल वा फलको सेवन गर्ने गर्दछन् । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement