Advertisement
Advertisement
Advertisement
Advertisement

सन्तान अरूलाई दान दिएका श्रीलङ्काली आमाहरू पुनः मिलन हुने आशामा बाँचिरहेका छन्

  |      13:20:00   |  
Web Image
Web Image

चैत ८,। श्रीलङ्काका हजारौँ शिशु सन् १९६० र सन् १९८० को दशकको बीचमा धर्मसन्तानका रूपमा पाल्न सकिने गरी राखियो।

तीमध्ये केहीलाई बेबी फार्म भनिने बेच्नका लागि बच्चा जन्माउने केन्द्रहरूले युरोपमा केही अभिभावकलाई बेच्ने काम समेत गरे।

त्यस्ता धेरै शिशुलाई स्वीकारेको द नेदरल्याण्ड्सले हालै बलात्कार र घुस खुवाइएका केही आरोपपछि अन्तर्राष्ट्रिय धर्मसन्तान कार्यक्रमलाई रोकेको छ।

अनुसन्धान सुरु भएपछि आफ्ना बच्चा बिर्सन नसकेका श्रीलङ्काली परिवारले पुनः मिलन हुने आशा राखेका छन्।

इन्डिका वाड्गीले एउटा रातो कारमा चढेर आफ्नी बहिनी र आमा गएको सम्झन्छन्।

उनी र अर्की बहिनी दमयन्ती घरमै बसेर आमा फर्कने प्रतीक्षा गरेका थिए। अर्को दिन आमा एक्लै फर्किइन्।

उनले भने, जब हामीले एक अर्कालाई बिदाइ गर्‍यौँ त्यस बेला मलाई निलान्थी विदेश जान लागेकी वा त्यो हाम्रो अन्तिम भेट हुने भन्ने कहिल्यै लागेको थिएन।

त्यो सायद सन् १९८५ वा १९८६ मा हुनुपर्छ जब इन्डिकाका बुवाले उनकी आमा पनिकार्गे सोमावथीलाई तीन वटा सन्तान एक्लै हुर्काउन पर्ने गरी छाडेका थिए।

परिवारले जीविका चलाउन सङ्घर्ष गरिरहेको त्यो बेला एक जना पुरुषले उनकी आमालाई निलान्थीलाई धर्मपुत्रीका रूपमा दिनका लागि सल्लाह दिएको उनी अझै सम्झन्छन्।

कोलम्बोको एउटा दुईतले घरमा कयौँ आमाहरू भुईँमा सुतेको इन्डिका सम्झन्छन्

इन्डिकाका अनुसार ती व्यक्ति कोलम्बोमा रहेको एउटा बेबी फार्मका लागि बिचौलिया थिए।

उक्त फार्मले विदेशी र त्यसमा पनि खास गरी डच परिवारका लागि धर्मसन्तानहरू उपलब्ध गराउँथ्यो।

उक्त केन्द्रले बालबालिकालाई व्यापारकै रूपमा धर्मसन्तानका रूपमा पठाउने कुरा सोमावथीलाई थाहा भएको उनका छोरा ठान्छन्।

तर त्यस बेला उनीसँग अरू विकल्प पनि थिएन। उनलाई त्यस बेलाको झन्डै ५५ अमेरिकी डलर दिइएको थियो।

विस्तृतमा कारण थाहा नभए पनि निलान्थी अरूलाई दिनुअघि उक्त केन्द्रमा पुगेको इन्डिका सम्झन्छन्।

उनले दुई तले घरमा कयौँ आमाहरू भुईँमा सुतेको सम्झन्छन्। त्यो फोहोरी ठाउँ थियो, अस्पतालको हलजस्तो, उनले भने।

अहिले मैले बल्ल त्यो बेबी फार्म भएको बुझेँ। शिशु नजन्मेसम्म र तिनको विक्री नभएसम्म आमाहरूलाई त्यहाँ राखिन्थ्यो। उनीहरूले त्यहाँ फाइदाको व्यापार गरेका थिए।

एउटा छुट्टै प्रसङ्गमा उनले आफ्नो शिशु बेबी फार्ममा दिएपछि आमाकी एउटी साथी आएर रुँदै कुरा गरेको पनि सम्झन्छन्।

पनिकार्गे सोमावथी आफ्नी छोरीलाई बाध्यताले अरुलाई दिनुपरेको बताउँछिन्

त्यसको केही वर्षपछि सरकारविरुद्ध भएको एउटा विद्रोहमा मारिनेमा उक्त फार्मका एक जना बिचौलिया समेत थिए।

कारमा जलेर मृत्यु भएका ती व्यक्तिको फोटो सञ्चारमाध्यमभरि छापिएको इन्डिका बताउँछन्।

त्यो देख्ने बित्तिकै आफ्नी बहिनी चढेर गएको कार उनले सम्झिएका थिए।

४२ वर्षीय इन्डिकाले अहिले आफ्नी आमा अस्वस्थ भएको र आफूले व्यग्रताका साथ निलान्थीलाई खोजिरहेको बताउँछन्।

आफ्नी बहिनी द नेदरल्याण्ड्स वा अस्ट्रियामा रहेको उनलाई लागेको छ तर बहिनीको एउटा पनि फोटो उनीसँग छैन।

मेरी आमा अहिले ६३ वर्षको हुनुहुन्छ। वहाँको एक मात्र आशा मर्नुअघि मेरी बहिनीलाई हेर्ने छ।

त्यस्तो आशा आफ्ना सन्तान अरूलाई दिने धेरै आमाहरूको छ।

रानाविरा अराचचिलागे यस्वस्थीले आफ्नो सन्तान बेच्नेु कुनै मनसाय नभए पनि त्यस बेलाकी एकल, अविवाहित आमा हुँदाको सामाजिक दबावका कारण त्यसो गर्नुपरेको बताउँछिन्।

त्यस बेला मैले लिन सक्ने त्यो सबैभन्दा राम्रो निर्णय थियो तर त्यो निकै पीडादायी थियो, उनले भनिन्।

मैले मेरोबारे सोचेकी थिइन, मेरो बच्चाको बारेमा सोचेकी थिएँ। म बच्चालाई हुर्काउन सक्ने अवस्थामा थिइन। समाजले के गर्दा भन्ने सोचेर म डढाइरहेकी थिएँ।

यस्वस्थी १७ वर्षमा गर्भवती हुँदा स्कुलमा पढ्थिन्

धेरैजसो सिंहाली र बौद्धमार्गी भएको श्रीलङ्का एउटा पुरातनवादी समाज हो।

विवाहअघिको यौनसम्पर्क त्यस बेला र अहिले नै पनि त्यहाँ वर्जित छ। गर्भपतन गैरकानुनी छ। सन् १९८३ मा यस्वस्थी १७ वर्षकी हुँदा एक जना उनीभन्दा बढी उमेरको पुरुषबाट गर्भवती भएकी थिइन्।

 

आफ्ना दाजुले अस्वीकार गर्दागर्दै पनि उनी आफ्ना प्रेमीको घरमा गइन्।त्यहाँ केही महिनामै उनले व्यवहार फेर्दै यस्वस्थीलाई हप्काउने गर्न थाले। उनको अरूसँग पनि सम्बन्ध भएको उनले पाइन्। पछि उनका प्रेमीले माइतीमा ल्याएर छाडिदिए।

 

उनी दुई महिनाकी गर्भवती भएको थाहा पाएपछि माइतीमा समेत उनका दाजु र दिदीहरूले घरबाट निकालिदिए। जगथ सन् १९८४ को डिसेम्बरमा जन्मिएका थिए

विवाह दर्ताका लागि जाँदा उनलाई त्यहाँकी महिलाले एक जना अस्पतालकी सहयोगीसँग परिचित गराइन्। तिनै सहयोगीले २४ डिसेम्बर १९८४ मा जन्मिएको उनको छोरा जगथ रथनायकालाई धर्मपुत्रका रूपमा पठाउने व्यवस्था गरिदिए।

मैले छोरा जन्माउँदा मेरो स्याहार गर्ने कोही थिएनन्। दुई साता अस्पताल बसेपछि मलाई कोलम्बोमा रहेको एउटा अनाथ आश्रम पठाइयो। मलाई त्यसबारे वा त्यो कहाँ थियो भन्नेबारे केही याद छैन। तर त्यस बेला त्यहाँ मजस्ता चार वा पाँच अरू थिए।

त्यहाँ एक जना श्वेत दम्पतीले उनको छोरालाई लगेका थिए जसबारे उनलाई केही थाहा छैन। उनलाई त्यस बेला ८५ अमेरिकी डलर र लुगाको एउटा झोला मात्र दिइएको थियो। मेरो एउटा मात्रै चाहना भनेको मर्नुअघि छोरा भेट्नु होू( यस्वस्थी

 

केही महिनापछि विदेशमा रहेका एक दम्पतीले उनको छोराको फोटो सहित एउटा चिठी पठाए। मलाई अङ्ग्रेजी पढ्न वा बोल्न आउँदैन। भाषा बुझ्ने कसैले मलाई छोरा राम्रो अवस्थामा भएको बताए। उसलाई ग्रहण गर्ने परिवारले छोरा दिएकोमा कृतज्ञता व्यक्त गरेका थिए। त्यसयता मैले उनीहरूबाट केही खबर पाएकी छैन।

यस्वस्थीले पछि अर्को विवाह गरेर एउटा छोरा र दुई छोरी जन्माइन्। ५६ वर्षीय उनले यतिखेर आफ्नो छोरा कहाँ छ भन्ने थाहा नहुनुले मनमा सधैँ एउटा रिक्तता महसुस गरिरहेको बताउँछिन्।

 

अहिले पनि जब म कुनै श्वेत महिला देख्छु उनलाई मेरो छोराबारे थाहा छ कि भनेर सोध्न मन लाग्छ। मैलेजस्तो कसैले भोग्नु नपरोस्। मेरो एउटा मात्रै चाहना भनेको मर्नुअघि छोरा भेट्नु हो।

 

इन्डिकाले अझै त्यसबेला एउटा बेबी फार्म पुगेको सम्झन्छन्  सन् २०१७ मा श्रीलङ्काका स्वास्थ्यमन्त्रीले द नेदरल्याण्ड्सको एक कार्यक्रममा सन् १९८० को दशकमा हजारौँ शिशुहरू कपटपूर्ण ढङ्गले विदेशमा बेचिएको स्विकारेका थिए।

एघार हजार जति बालबालिका युरोपेली परिवारका लागि बेचिएकामा दुवै पक्षलाई झूटा दस्ताबेज दिइएको थियो। जसमध्ये ४,००० जति बालबालिका द नेदरल्याण्ड्सका परिवारसम्म पुगेको ठानिन्छ भने बाँकी स्वीडेन, डेनमार्क, जर्मनी र यूकेजस्ता देशमा पुगेका छन्।

तीमध्ये केही बेबी फार्मुहरूमा जन्मिएर पश्चिमा देशमा बेचिएका थिए। श्रीलङ्काका अधिकारीहरूले सन् १९८७ मा धर्मसन्तानका रूपमा विदेशमा बालबालिका ग्रहण गर्ने काममा अस्थायी प्रतिबन्ध लगाएका थिए।

 

थरिदी फोन्सेकाले धर्मसन्तान ग्रहणका विषयमा १५ वर्षभन्दा बढी समयदेखि अनुसन्धान गरिरहेका छन्।उनले केही प्रभावशाली र शक्तिशाली मानिसहरूले बाध्यतामा रहेका महिलाहरूलाई खोजेर त्यसो गर्ने गरेको सङ्केतहरू पाइएको सुनाउँछन्।

एक जना पर्यटक गाइड एन्ड्रिउ सिल्भाले धर्मसन्तानका रूपमा अन्यत्र गएका १६५ बालबालिकालाई उनीहरूका आमासँग भेटाउन सघाएका छन्।

 

उनी भन्छन्, श्रीलङ्कामा अस्पतालका कर्मचारीहरूदेखि वकिलहरूसम्म सबैले यसबाट फाइदा लिएका छन्।

- बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement