जेठ ०७ काठमाडौं । गोरखाको फिनाममा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गोरखा सदरमुकामबाट आरूघाट बजारतर्फ गइरहेको ग २ ख ९२९ नम्बरको बसबाट ओर्लने क्रममा करिब ७ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै अर्का एक जना घाइते छिन्। घाइतेलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ। घाइते आमा र मृत्यु हुने छोरी रहेको प्रहरीले जनाएको छ। उनीहरू फिनामचोक पुगेपछि बसबाट ओर्लदै गर्दा दुर्घटनामा परेका थिए।
स्थानीयहरूले अहिले गोरखा(आरूघाट सडकखण्ड अवरूद्ध गरेर प्रदर्शन गरेका छन्।
घटनास्थलमा प्रहरी खटाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।