जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका देउवा प्रसंशा पत्र सहित सम्मानित भएकी हुन् ।
मंगलबार बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रहरी जवान देउवाले सडकमै प्रसूति हुन सहयोग गरेको भन्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले उनलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।
प्रहरी जवान देउवाको सहयोगमा आचार्यले बच्चा (छोरा) लाई जन्म दिएकी थिइन् ।