Advertisement
Advertisement
Advertisement
Advertisement

हुरीले घर नजिकैको सल्लाको रूख ढल्दा एक महिलाको गयो ज्यान

  |      15:50:00   |  
हुरीले घर नजिकैको सल्लाको रूख ढल्दा एक महिलाको गयो ज्यान

जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर लाग्दा एक महिलाको ज्यान गएको छ।

घर बाहिर निस्कने क्रममा रूखको हाँगा लागेर रतन कामीकी २७ वर्षीया श्रीमती रबिना कामीको घटनास्थलमै मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ६ बजे पानीसँगै आएको हावाहुरीले घर आँगनमै रहेको सुकेको सल्लाको रूख ढलेको थियो। रूखको हाँगा रबिनाको टाउको र कम्मरमा लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा मृतककी सासू ४५ वर्षीया राधा कामीको बायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

उक्त हावाहुरीले कामी परिवारको माटो र काठले बनेको, जस्ताको छानो भएको घरमा पनि क्षति पुर्‍याएको छ। घरको ६ वटा कडी र ७ वटा जस्ता पाता क्षतिग्रस्त भएको जनाइएको छ। 

घटनाको जानकारी पाएपश्चात अस्थायी प्रहरी पोष्ट धिमडाबाट प्रहरी हेमराज कठायतको नेतृत्वमा २ जनाको टोली घटनास्थलमा खटिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक सुरज रोकायाको कमाण्डमा  सहायकसहित ७ जनाको टोली परिचालन गरिएको थियो।

डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुगन्ध श्रेष्ठले घटनास्थलको निरीक्षणपछि मृतकको शव पोष्टमर्टमका लागि जोगबुढा अस्पताल पठाइएको जानकारी दिए।

प्रहरीका अनुसार घटनास्थल अस्थायी प्रहरी पोष्ट धिमडाबाट करिब १५ किलोमिटर पश्चिममा पर्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement