मंसिर २६, काठमाडौं । बीबीसीका अनुसार उनले रगत बेच्ने व्यवसायीका कारण ग्रामीण इलाकामा एचआईभी महामारी फैलियो भन्ने पत्ता लगाएकी थिइन् । उनले आफ्नै खर्चमा एड्स निवारणका लागि बिरामीहरूको उपचार गर्ने र सचेतना फैलाउने काम गरेकी थिइन् । उनलाई सन् २००३ मा एसियाको नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार पनि दिइएको थियो ।
सन् १९२७ मा सान्दोङ प्रान्तमा जन्मिएकी उनी र उनको परिवार दोस्रो विश्वयुद्धको समयमा मध्य हेनान प्रान्तमा बसाइँ सरेको थियो । १९८० र ९० को दशकमा, हेनान जस्ता ग्रामीण क्षेत्रहरूमा रगतको बिक्री सामान्य थियो। रगत बेच्ने कामलाई स्थानीय सरकारले छुट दिएको थियो । तर त्यसबेला ग्रामीण चीनमा एचआईभीका थोरै केसहरू पत्ता लागेका थिए, र एड्सको चेतनाको कमीले एचआईभी संक्रमित बिरामीहरूबाट पनि रगत सङ्कलन गरिन्थ्यो । जसले रोग फैलाउन थाल्यो। त्यसबेला, चिनियाँ अधिकारीहरूले एचआईभी दुई तरिकाबाट सर्ने सोचेका थिए : शारीरिक सम्पर्क र गर्भावस्थाको समयमा आमाबाट बच्चामा।
डा. गाओले एकअर्काको रगतबाट पनि सर्छ भन्ने कुरा बाहिर ल्याइन । उनी हेनानका गाउँहरूमा एड्सका घटनाहरूको अनुसन्धान गर्न गइन्। उनले १०० भन्दा बढी एड्स प्रभावित गाउँहरू भ्रमण गरी १ हजार भन्दा बढी परिवारहरूलाई भेटिन् ।
हेनानका अधिकारीहरूले सुरुमा रगत बेच्ने कामको बचाउ नै गरे । तर अन्ततः सन् १९९० को दशकको मध्यतिर यो व्यवसाय बन्द गरियो । तर डा। गाओले देशमा एचआईभीको फैलावटको बारेमा बोलिरहिन् । ुयो ठूलो छ। यो देशव्यापी छ, जताततै छ। मैले आफ्नै आँखाले सबै देखेको छु। रगत बिक्री अवैध छ। विगतमा, यो खुला र सार्वजनिक थियो। अब, यो भूमिगत छ,ुउनले २०१० मा उनले बीबीसीसँगको अन्तर्वार्तामा भनेकी छ्न् ।
डा. गाओले चीनमा एक करोड मानिस एचआईभी संक्रमित भएको दाबी गरेकी थिइन् जबकि त्योबेला बेइजिङको आधिकारिक तथ्यांक ७ लाख ४० हजार मात्र थियो । उनको यो भनाइ विवादमा पर्यो । सुरुमा चिनियाँ अधिकारीहरूले उनको प्रशंसा नै गरेका थिए । तर हेनानका अधिकारीहरूले पछि उनको आलोचनाबाट असहज ठान्न थाले । स्थानीय सरकारले निगरानी र दबाब बढाउन थालेपछि उनले २००९ मा चीन छोडेकी थिइन् । साभार कान्तिपुर