मंसिर १९, काठमाडौं ।बुधबारअमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर बुधबार नेपाल भ्रमणमा आउदै छन् ।
दुई दिनसम्म नेपालमा रहने उनको कार्यक्रमको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावासले बताएको छ ।
उनी नेपाल आउनुअघि अमेरिकाबाट कुटनीतिज्ञको एउटा टोली नेपाल आइपुगेको छ । साथै अमेरिकी सहयोग नियोग (युएसएआईडी)को एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल सिफर पाँच दिनदेखि नेपालमै छन् । उनी अर्थमन्त्री डा.प्रकाशशरण महतदेखि अन्य उच्चस्तरीय भेटघाटमा सक्रिय छन् ।
गत चैत १३ गते नेपाली सेना र अमेरिकी सेनाबिच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद पनि भएको थियो । सो संवादको नेतृत्व अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका थिए ।
दुई दिनसम्म नेपालमा रहने निर्देशक लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेकोजनाइएको छ ।