Advertisement
Advertisement
Advertisement
Advertisement

सडक मानवको सहारा सेवाआश्रम

  |      13:10:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २१, लमजुङ ।  सहारा गुमाएर सडकमा पुगेका ३३ जना सडक मानवलाई मानव सेवा आश्रम लमजुङ शाखाले उद्धार गरेको छ । बेंशीशहरको हाई स्कूल चोकमा रहेको कार्यालयबाट उद्धार गरेकामध्ये आठ जनालाई पारिवारिक पुनः मिलन गराई सकिएको आश्रमकी लमजुङ संयोजक अनिता अधिकारीले जानकारी दिईन् । 

 

छैटौँ शाखाका रुपमा २०७३ साल चैत १२ गतेबाट लमजुङमा शाखा विस्तार गरेको आश्रमले हालसम्म यी सडक मानवको उद्धार गरेको हो । बेंशीशहरमै सडक पेटीमा मागेर जीवन निर्वाह गर्दै आएका ४० वर्षीय मिथुन मानवको उद्धार गरी विधिवतरुपमा सडक मानवको उद्धार थालिएको थियो । शाखा विस्तार हुनुअगाडि सडक मानव भोकै नमरून् भन्ने मानसिकताका साथ सडकमै खाना र न्यायो कपडा वितरण गरिएको थियो ।

 

सडकमा अलपत्र परेका अशक्त, मनोरोगी व्यक्ति विभिन्न समस्याले ग्रस्त नौजनाले आश्रममा सेवा लिइरहेका छन् । उद्धारपछि चारजनाको मृत्यु भइसकेको छ । आश्रममा आइसकेपछि स्वेच्छिकरुपमा सातजनाले आश्रम छोडेका आश्रमका अभियन्ता प्रकाश दवाडीले बताए । “यहाँ राख्न नसकिने अवस्थाका केहीलाई हेटौँडा आश्रममा पठाएका छौँ । कडा मनोरोगी, अस्वभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्ने कार्य चुनौतीपूर्ण छ”, उनले भने । सडकमा बेवारिसे बनेका एकजना भारतीय नागरिकलाई समेत आश्रमले उद्धार गरेको थियो ।

 

आश्रमले शारीरिक र मानसिक दुबैरुपमा अशक्त व्यक्तिलाई सडकबाट उद्धार गरी आश्रममा ल्याउने गरेको छ । आश्रमले साहराविहीन बनेका व्यक्तिको उद्धार, उपचार, पालनपोषण र पारिवारिक मिलन गराउने गरेको मानव सेवाआश्रमको सञ्चालन संस्था साँचो जीवन निर्माण अभियानका जिल्ला संयोजक किसान सङ्गीत नेपालीले बताए । उनका अनुसार मानसिक सन्तुलन गुमाएका व्यक्ति पनि आश्रमको हेरचाह र उपचारले निको हुने गरेको छ । “धेरै मानव माया, प्रेम र स्नेहको भोका हुन्छन् । पारिवारले जति दिनुपर्ने माया र स्नेह नपाएपछि ती मानव सडकमा आउन बाध्य हुन्छन्”, उनले भने । 

 

मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले साहराविहीन बनेका व्यक्तिलाई आश्रम सारथी बनेको स्थानीयवासी बताउँछन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रमले दिइरहेको सेवाप्रति स्थानीयवासीले प्रशंसा गरेका छन् । 

 

मानव सेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । विसं २०६९ मा मकवानपुरको हेटौँडामा पहिलोपटक स्थापना भएको आश्रमले देशभर एक हजार ५०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको उनले बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement