Advertisement
Advertisement
Advertisement
Advertisement

सगरमाथा आरोही महिला अभिनन्दित

  |      15:01:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ३०, काठमाडौं । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ । 

प्रतिष्ठानले आज  आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गरेकाहुन् । 

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बु पासाङ ल्हामु गाउँपालिका निवासी लाक्पा याङ्दी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पाले गत जेठ २ गते पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीरसहित सगरमाथाको सफल आरोहण गरेका थिए । 

सो अवसरमा मन्त्री बाँस्कोटाले राष्ट्रिय विभूति पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीर लिएर सगरमाथाको सफल आरोहण गरेकामा बधाई दिँदै आरोही टोलीलाई सरकारको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए । 

उनले भने, “नेपालको इतिहासमा नेपाली समस्त नारीहरुको तर्फबाट साहसिक यात्रा गर्नुहुने र यात्राकै शिलशिलामा आफ्नो जीवन समाप्त पार्नुहुने पासाङ ल्हामु शेर्पा र नेपालको लोकतान्त्रिक, राष्ट्रवादी र सामाजिक न्यायपूर्ण आन्दोलनको धरोहरका रुपमा रहनुभएका जननेता मदन भण्डारीको भूमिका, योगदान र पथप्रदर्शनलाई समेत स्मरण गर्ने, जीवन्त राख्ने र भावी पुस्ताले पनि त्यस वीरतापूर्ण इतिहासबाट केही सिकोस् भन्ने सन्देश दिन विश्वको सबैभन्दा अग्लो ठाउँबाट दिनुभएको सन्देश आफैमा अर्थपूर्ण र महत्वपूर्ण छ ।” 

बेग्लै मानक स्थापित गर्ने उद्देश्यले पासाङ ल्हामु र जननेता भण्डारीलाई सम्झेर उहाँहरुको तस्वीरसहित सगरमाथा आरोहण गर्नु बेग्लै चेतना र सन्देश भएको उनको भनाइ थियो । 

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले संविधानले कुनै पनि नेपाली नागरिकलाई जुनसुकै स्थानमा आवातजावतमा रोक नलगाइने व्यवस्था गरेको भए पनि सगरमाथा आरोहणमा नेपालीलाई सलामी लगाइनु संविधानको मर्म विपरीत भएको विचार व्यक्त गरे। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement