कार्तिक २८,काठमाडौं । तिहारको मुखमा कञ्चनपुरमा लालझाडी गाउँपालिका(१ बिनवारीका राना दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले आइतबार बिहान बिनवारीका २६ वर्षीय श्यामकुमार राना र २५ वर्षीया पुष्पा राना मृत फेला परेको बताए।
श्रीमान् श्रीमती दुवै प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा फेला परेका छन्, ।सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएको यो जोडीले तिहारकै मुखमा प्राण त्याग गरेसँगै घर परिवार, माइती पक्ष र गाउँ नै शोकमा डुबेको छ ।
उनीहरूले तीन वर्षीया छोरीलाई टुहुरो बनाएर छाडेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।