Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमानले यातना दिएपछि एक महिला दुई महिनादेखि वनको झोपडीमा

  |      13:37:00   |  
श्रीमानले यातना दिएपछि एक महिला दुई महिनादेखि वनको झोपडीमा

फागुन २०, शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन् । सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन् । बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउँछिन् ।


“श्रीमान्ले सधैँ कुटपिट गर्थे”, चौधरीले भनिन्, “माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी लिएर श्रीमान बेपत्ता भएपछि वन क्षेत्रमा आएर बस्दै छु, सहारा कोही छैन ।” वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखेपछि स्थानीयवासीको सहायतामा कलुवापुर बजार नजिकैको वनमा स्थानीयले झोपडी बनाइदिएका हुन् । चौधरीले नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी छन् । 

लगाउने ओढ्ने कपडासमेत मागेर गुजारा चलाउने गरेको चौधरीले बताइन् । कृष्णपुर नगरपालिका–२ मा रहेका माइतीले समेत नहेरेपछि बाध्य भएर वन क्षेत्रमा बस्नुपरेको उनको दुःखेसो छ । वडाध्यक्ष दिलबहादुर बुढा एक्लै महिला वन क्षेत्रमा तुषरोसमेत नछेक्ने झोपडीमा बस्दै गरेको देखेपछि वनछेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएको बताउँछन् । “महिलालाई उद्धार गरी सहजरूपमा बसोवासको व्यवस्था मिलाउनका लागि परोपकारी संस्थाको खोजीमा लागेका छौँ”, उनले भने । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement