साउन ३०, काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घरायसी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।
उनका अनुसार कुटपिटबाट घाइते भएकी भएकी कर्णमायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए। उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको छ ।
प्रहरीले पति–पत्नीबीचको घरायसी विवादका बारेमा खुलाएको छैन। घटनामा संलग्न हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।