चदौ ४, बर्का । घरमा बाढी पसेपछि महेशवारी इटहर्वा सिरहाका देवानन्द चौधरीलाई आमनमा एकछिनपनि बस्न मन छैन ।
३७ बर्षका उनी राजधानी मस्कटबाट ६० किमि टाढा बर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा च्याउ काट्ने काम गर्छन् ।
दुइ सय कामदार रहेको त्यो कम्पनीमा ६० जना नेपाली छन् ।
डुबानले घर भत्किएको छ । घरमा पाँच बर्षे छोरा र गर्भवती श्रीमती मात्रै छन् ।
डिउटी सकेर क्यम्पमा आइपुगेका चौधरीले भने, ुघरबाट घरीघरी आउने पीडादायी खबरले यो मन सम्हाल्न निकै कठिन हुन्छ ।ु
चौधरीको घर कमला र बलननदीको बीचमा पर्छ । भारतले बनाएको बाँधका कारण यी नदीले सहज निकास नपाउँदा आफ्नो गाउँ डुबेको दाबी गर्छन् उनी ।
त्यहाँ कार्यरत अन्य नेपाली पनि निकै चिन्तामा छन् । आजको कान्तिपुरमा खबर छ ।