मंसिर १२, काठमाडौं। श्रीमतिलाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ । बोधराजले कुटेर गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।