Advertisement
Advertisement
Advertisement
Advertisement

व्यवस्थित बसपार्क नहुँदा पर्यटकलाई समस्या

  |      13:25:00   |  

भाद्र २६, काठमाडौं ।  राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ । 

 

व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउन तोकिएको सडक क्षेत्र पनि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या रहेको छ ।

 

विगत तीन दशकदेखि कान्तिपथ सडकबाट चल्दै आएको पर्यटकीय बस असार १५ गतेदेखि सोह्रखुट्टे सडकबाट चल्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाले खानेपानीको लाइन बिच्छ्याउन सडक खनेर नपुर्दा पानी परेको बेला हिलोका कारण पर्यटकलाई बसमा चढ्न तथा ओर्लन समस्या परेको छ । 

 

टुरिष्ट बस एसोसियसन अफ नेपाल टिवान का अध्यक्ष प्रल्हाद लोहनी मुलुकमा पर्यटनको विकास गर्नका लागि पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क हुनुपर्ने बताउँछन् । “सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, तर राजधानीमै पर्यटकका लागि भने छुट्टै बसपार्क नहुँदा समस्या परेको छ,”–उनी भन्छन् । 

 

मुलुकको पर्यटन विकास गर्न पर्याप्त पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । अध्यक्ष लोहनीले काठमाडौंको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्क बनाउनका लागि कुरा गरेपनि सरकार र महानगरपालिकाले बेवास्ता गरेको गुनासो गरे । 

 

सोह्रखुट्टेबाट बिहान पोखरा र चितवनका लागि पर्यटक बस छुट्ने समयमा सडकमा धेरै चापसमेत हुने गरेको छ । सरकारले पर्यटक बसपार्कलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्न खोजेपनि व्यवसायीले पर्यटकलाई सेवा दिन ठमेल क्षेत्रवरपर नै बसपार्क हुनुपर्ने अडान लिएपछि क्षणिक समयका लागि सोह्रखुट्टे सडकमा सञ्चालन गर्न अनुमति दिएको हो । 

 

पर्यटनको विकासका लागि एशोसियशनले काठमाडौंदेखि लुम्बिनी, जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागेपनि पार्किङका लागि पूर्वाधारको विकास नहुँदा समस्या परेको छ । राजधानीबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल सय हाराहारीका बसले यात्रुको सेवा दिइरहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement