Advertisement
Advertisement
Advertisement
Advertisement

व्यवस्थित जीवनयापनका लागि सङ्घर्षरत छन् मुक्तकमैया

  |      15:42:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १९, नेपालगंज । सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेको १७ वर्ष पूरा भए पनि बाँकेका मुक्त कमैया व्यवस्थित जीवनयापको लागि संघर्षरत छन् । 

 

सिफारिस गरिएका जिल्लाका सबै एक हजार ८२५ मुक्तकमैयालाई जिल्ला भूमिसुधार कार्यालयले जग्गाधनी लालपूर्जा उपलव्ध गराएपछि विसं २०६५ फागुनमा ‘कमैया नभएको जिल्ला’ घोषणा गरिएको थियो । ‘जिल्लाका मुक्तकमैयाको समुचित जीवनयापनको पर्याप्त आधार अभैm तय हुनसकेको छैन’, मुक्तकमैया भूमि अधिकार सङ्घर्ष समितिका अध्यक्ष पत्तु थारूको भनाइ छ ।

 

तत्कालीन सरकारले ‘जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कठ्ठा भन्दा कम जग्गा भएका र दुई कठ्ठा भन्दा बढी जग्गा भएका’ भनी मुुक्तकमैयालाई चार श्रेणीमा विभाजन गरेको थियो । त्यसमध्ये माथिल्लो दुई श्रेणीका जग्गा नभएका र ऐलानी जग्गामा बसेका १ हजार ८३९ मुक्तकमैयालाई पाँच धुरदेखि पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराई यस जिल्लालाई कमैया नभएको जिल्ला घोषणा गरेको थियो ।

 

बाँकेको राप्ती नदी क्षेत्रको बिनौना, बैजापुर र टिटिहिरियामा जग्गा उपलब्ध गराइएका मध्ये केही मुक्तकमैयाको जग्गा नदीमा आएको बाढीले कटान गरेपछि उनीहरुलाई सुरक्षित स्थानमा जग्गा दिने प्रक्रिया अहिले अघि बढाइएको जिल्ला भूमिसुधार कार्यालय बाँकेका प्रमुख प्रेमबहादुर दौल्यालले बताए। 

 

जग्गा कटानमा परेका मुक्तकमैया परिवारलाई जग्गा सट्टाभर्नाका लागि आवश्यक प्रक्रिया प्रारम्भ भइसकेको छ । तर, जग्गा पाएका मुक्तकमैया पनि अहिले त्यति सन्तुष्ट देखिएका छैनन् । ‘जग्गा मात्र भएर हुँदैन, सरकारले उचित जीवनयापनका लागि ठोस् कार्यक्रम पनि ल्याउनुपर्छ’—अध्यक्ष थारूको माग छ ।

 

‘हाम्रो जीवन पहिलेभन्दा त धेरै राम्रो छ, कसैको घरमा कमैया बस्नु परेको छैन । आप्mनो जग्गामा बस्न पाइएको छ, तर उपयुक्त स्थानमा जग्गा भएको भए भविष्यको चिन्ता कम हुने थियो’–बाँके टिटिहिरियाका खुशीराम थारूको भनाइ छ । 

 

बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका मुक्तकमैयाको उचित बसोवासको व्यवस्था मिलाउन पहिलेको योजना र कार्यक्रमलाई वर्तमान सरकारले केही परिमार्जन गरेको छ । सरकारले ‘क’ र ‘ख’ श्रेणीका मुक्तकमैयालाई घर निर्माणका लागि दिँदै आएको ३५ क्युविक काठको सट्टा रु एक लाख र घर छाउन दिने गरेको रु १० हजारलाई बढाएर रु ५५ हजार दिने निर्णण गरेकोमा यस क्षेत्रका मुक्तकमैया खुशी भएका छन् । 

 

अर्कोतर्पm सरकारले मुक्तकमैयालाई रोजगार र स्वरोजगार व्यवसायमा संलग्न गराउने उद्देश्यले विभिन्न सीपमूलक तालीम पनि जिल्ला भूमिसुधार कार्यालयमार्पmत सञ्चालन गर्दै आएको छ । मुक्तकमैयाका लागि सिलाइकटाइ, ड्राइभिङ, पशुपालन, कम्प्युटर अप्रेटर लगायतका तालीम सञ्चालन भइरहेको कार्यालय प्रमुख दौल्यालले बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement