Advertisement
Advertisement
Advertisement
Advertisement

विश्व बजारमा टेस्लालाई उछिन्दै बीवाईडी, सन् २०२३ मा ३० लाख बढी कार उत्पादन

  |      12:53:00   |  
web imege
web imege

पुस १७, काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले विश्वमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी उत्पादक कम्पनी एलोन मस्कको टेस्लालाई पन्छाउन प्रयास गरिरहेको छ ।

बीवाईडीले सन् २०२३ मा ३० लाख भन्दा बढी कार उत्पादन गरेपछि टेस्लालाई लगातार दोस्रो वर्ष पनि बिक्रीमा उछिनेको छ ।कम्पनीले सोमबार मात्र सन् २०२३ को अन्तिम तीन महिनामा ५ लाख २६ हजार थान ब्याट्री बिक्री गरेर रेकर्ड कायम गरेको बताएको छ । गत डिसेम्बरमा बिक्रीमा ७० भन्दा बढी बृद्धिले मद्दत गरेको थियो।अमेरिकी कार निर्माता कम्पनी टेस्लाले मंगलबार  आफ्ना उत्पादनको पछिल्लो त्रैमासिक सवारी उत्पादन र डेलिभरी तथ्यांकहरु जारी गर्ने तालिका छ।

सन् २०२२ मा टेस्लाले १.३७ मिलियन गाडीहरू उत्पादन गरेको थिो । बीवाईडीले १.८८ मिलियनभन्दा कम। यसमा नयाँ ऊर्जा सवारी साधनहरूमा ब्याट्रीबाट चल्ने र हाइब्रिड मोडेलहरू समावेश थिए ।

बीवाईडीका कारहरू टेस्लाको भन्दा कम मूल्यको रहेको छ । यी कारहरु हाइब्रिड संस्करणहरूमा आइरहेका छन् । उता एलोन मस्कको अटोमेकरले भने केवल ब्याट्रीबाट चल्ने कारहरू मात्र बिक्री गर्छ। सेप्टेम्बर ३० मा समाप्त भएको त्रैमासिकमा टेस्लाको बिक्रीको करिब एक पाँचौं हिस्सा चीनको थियो।
शुद्ध इलेक्ट्रिक र प्लगइन हाइब्रिड कारहरु उत्पादन गर्ने अटोमेकरमा बीवाइडीले विश्व बजारमा सबैभन्दा धेरै इलेक्ट्रिक सवारी साधन बिक्री गर्ने कम्पनीको रुपमा आफूलाई स्थापित गरेको छ ।

यो फेब्रुअरी १९९५ मा वांग चुआनफुद्वारा स्थापित कम्पनी हो। बीवाईडी कम्पनीका दुई प्रमुख सहायक कम्पनीहरू बीवाईडी इलेक्ट्रोनिक र अटोमोबाइल छन्। कम्पनीले अटोमोबाइल, इलेक्ट्रिक साइकल, बस, फोर्कलिफ्ट, ट्रक, रिचार्जेबल लिथियम आइरन फस्फेट ब्याट्री र सोलार प्यानल निर्माण गर्दै आइरहेको छ।

कम्पनीले आफ्ना उत्पादन ७० बढी देशका ४०० सहरहरूमा पुगेको बताएको छ । कम्पनीको गाडी नेपालमा पनि बिक्री हुँदै आएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement