Advertisement
Advertisement
Advertisement
Advertisement

विवाह गरेको ७ महिनामै दीपाको शङ्कास्पद मृत्यु

  |      11:52:00   |  
web image
web image

मंसिर २३, काठमाण्डौं।  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो ।

२०७९ वैशाख अन्तिमतिर चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको ७ महिनामा उनले ज्यान गुमाएकी हुन् । २५ वर्षीया दीपाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको हत्या भएको दाबी गरेका छन् । दीपाका श्रीमान् सुन्दर थापालाई ‘ज्यान सम्बन्धी कसुर’मा मुद्दा चलाउन माइती पक्षले माग गरेर सङ्घर्ष गरिरहेका छन् ।

पैसाको लागी टर्चर दिएर सुन्दर थापाले छोरीको हत्या गरेको दीपाका बुवा रत्नप्रसाद पराजुलीले रातोपाटीसँग बताए । उनले भने–‘मेरी छोरीको हत्या भएको हो, निष्पक्ष अनुसन्धान गरेर कारबाही हुनुपर्छ ।’

दीपाका श्रीमान् सुन्दरलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अस्वीकार गरेको मृतकका बुवाले जानकारी दिए । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार दीपको शरीरमा बाहिरी चोटपटक छैन । सलमा पासो लागेर झुन्डिएको अवस्थामा भेटिएकी उनको घाँटीमा डोब देखिएको छ । प्रहरीले आरोपीलाई आत्महत्या दुरुत्साहन मुद्दा चलाउने तयारी गरेको छ । तर, माइती पक्षले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने माग राखेका छन् ।  आफ्नी छोरी रुख चढ्न नजान्ने र चप्पल लगाएरै झुन्डिएको हुनाले हत्या गरेर झुन्ड्याएको हुनसक्ने बुवा रत्नप्रसादले दाबी गरेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement