Advertisement
Advertisement
Advertisement
Advertisement

विपन्न छात्रालाई सहयोग गर्न एकल साँझ

  |      11:41:00   |  
विपन्न छात्रालाई सहयोग गर्न एकल साँझ

पुस ९, काठमाडौं । रोटरी क्लव अफ त्रिपुरेश्वरको आयोजनामा आउँदो बिहीवार ‘देविका बन्दना एकल साँझ’ हुने भएको छ ।

 

काठमाडौं, नुवाकोट, रामेछाप र काभ्रेका ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्रालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । क्लवले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापक पे्रसिडेन्ट सन्तोष शर्माले एकल साँझबाट संकलित रकम कोषको रुपमा खडा गरेर छात्रवृति एवं अन्य शैक्षिक सहयोग प्रदान गर्न स्रोत जुटाइने बताए ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ साढे पाँच बजेबाट शुरु हुने कार्यक्रमलाई सफल बनाउन क्लवले सबैमा अपिल समेत गरेको छ । गायिका बन्दनाले नेपाली, हिन्दी र नेवारीका उत्कृष्ट गीत कार्यक्रममा प्रस्तुत गर्नेछिन् । उनलाई गायक विजेश पौडेलले साथ दिनेछन् । रोटरी क्लव अफ त्रिपुरेश्वर सन २००३ मा स्थापना भएको हो । क्लवको आगामी जनवरी ८ तारिखका दिन स्थापना दिवस मनाउँदै छ । क्लवले यसअघि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको क्वलका पेसिडेन्ट भरतकुमार श्रेष्ठले बताए । एकल साँझको टिकटको मूल्य पाँच सय, एक हजार, दुई हजार, पाँच हजार रुपैयाँ रहेको छ ।    

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement