Advertisement
Advertisement
Advertisement
Advertisement

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

  |      15:16:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गरिएको छ । 

 

आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको हो । गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले मिटर रिडर बाहेकका हकमा अनिवार्य हाजिरी गर्नुपर्ने र त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

 

सो व्यवस्था यही असोज ७ गते आइतबारदेखि लागू हुने प्राधिकरणले जनाएको छ । प्राधिकरण व्यवस्थापनले क्रियाशील ट्रेड युनियनका पदाधिकारीले दिनमा एकपल्ट मात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरिदिएको छ । 

 

प्राधिकरण कर्मचारी सेवा विनियमावलीमा प्राधिकरणले व्यवस्था गरेबमोजिम मिटर ‘रिडिङ’मा संलग्न कर्मचारीबाहेकले कार्यालय खुलेको दिन कार्यालय समयअनुसार अनिवार्यरुपमा आएको र गएको समय जनिने गरी विद्युतीय हाजिर गर्नु पर्ने व्यवस्था लागू गरिएको हो । 

 

विद्युत्भार कटौतीको अन्त्यपछि आन्तरिक व्यवस्थापनको सुधार, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काममा लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसअघि नै सार्वजनिक गरेका थिए । सोही घोषणाबमोजिम नै बाध्यकारीरुपमा सबै कर्मचारीलाई हाजिरीमा कडाइ गरिएको हो । 

 

यस्तो व्यवस्था कार्यान्वयन नभएको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको अध्यक्षतामा बसेको बैठकले विनियमावलीलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । विद्युत्भार कटौतीको अन्त्यपछि आन्तरिक सुधारको रुपमा यस्तो कदम चालिएको हो । 

 

प्राधिकरणको यो निर्णयबाट सबैभन्दा बढी ट्रेड युनियनका नेता प्रभावित हुने भएका छन् । प्राधिकरणमा नेपाली काङ्ग्रेसको कर्मचारी सङ्घ आधिकारिक ट्रेड युनियन छ । तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रका क्रमशः कर्मचारी युनियन तथा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संयुक्त र राप्रपाको कर्मचारी कल्याण परिषद् क्रियाशील छन् । 

 

कार्यालय आएको र गएको समय जनिने गरी हाजिर गर्नुपर्ने व्यवस्था लागू भएपछि कार्यकारी निर्देशक घिसिङले पनि दिनमा दुईपल्ट हाजिर गर्नुपर्ने भएको छ ।

 

यसैगरी उपकार्यकारी निर्देशकले पनि दुई पल्ट नै हाजिर गर्नुपर्ने भएको छ । यसअघि उनीहरुले दिनमा एक पल्ट मात्रै हाजिर गरे हुने व्यवस्था थियो । मिटर रिडिङमा खटिने कर्मचारीले भने सम्बन्धित कार्यालय प्रमुखले नै आवश्यक व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement