असोज ४, काठमाडौं । बिगत ५ दिन देखि राजधानी केन्द्रित आन्दोलन चर्काईरहेका विद्यालय कर्मचारीहरूले आज प्रधानमन्त्री कार्यालय बालुवाटार घेराऊ गरेका छन् ।
विभिन्न जिल्लाबाट राजधानी आएका विद्यालय कर्मचारीहरुले अहिलेको सरकार इतिहासकै निरंकुश, अत्याचारी र राणा शासन अनि पंचायत भन्दापनि निर्लज्ज र अटेरी भएको भन्दै बिरोध गरेका छन् । तल्काल सम्मानित सर्बोच्च अदालत को फैसला Service Law बिध कार्यान्वन गर्नुपर्ने, शिक्षा ऐन आठौ संशोधन लाई कार्यान्वन गर्नुपर्ने र संघीय शिक्षा ऐन मा विद्यालय कर्मचारीका मुद्दा लाई समेट्नुपर्ने विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति सहसंयोजक रतन सिंहले बताए ।
भदौ ३१ गतेबाट जारी आन्दोलन असोज ६ गतेसम्मका लागि कार्यक्रमहरु राखिएको विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियनले जानकारी दिएको छ ।