Advertisement
Advertisement
Advertisement
Advertisement

विदेशमा रहेका महिलाका समस्या समाधानमा गम्भीर बन्न आग्रह

  |      18:01:00   |  
web image
web image
साउन ३१ ,काठमाडौं । चीनको ग्वाङझाओमा जारी १९औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागीहरूले महिला सशक्तीकरणका कार्यक्रमलाई विदेशमा रहेका महिलाले भोगिरहेका समस्यासँग जोड्नुपर्नेमा जोड दिएका छन्।
सम्मेलनमा बोल्ने वक्ताहरूले अध्ययन, रोजगारी र विवाहका लागि विदेश जाने महिलाहरू पारिवारिक हिंसा, विभेद, सामाजिक बेवास्ता तथा विभिन्न कानुनी र सामाजिक समस्याबाट प्रभावित हुने गरेको बताए। उनीहरूले यस्ता समस्याको समाधानका लागि सरकार, परिवार र सम्बन्धित निकायले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
एनआरएनएसँग आबद्ध महिला प्रतिनिधिहरूले विदेशमा रहेका महिलाको संघर्षलाई अझै पनि पर्याप्त रूपमा नबुझिएको भन्दै उनीहरूको अधिकार, सुरक्षा र सशक्तीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले महिलालाई विदेश जान प्रतिबन्ध लगाउने नीतिले समस्या समाधान नहुने बताइन्। उनले महिलालाई सुरक्षित र व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा सहभागी गराउनुपर्नेमा जोड दिँदै महिला हिंसा र बेचबिखन नियन्त्रणका लागि प्रभावकारी नियमन आवश्यक रहेको उल्लेख गरिन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement