पुस १३, काठमाडौं । उच्च अदालत पाटनले करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न अन्तिरिम आदेश दिएको छ ।
वाइवाइ चाउचाउ जस्तै देखिने खोलमा करेन्ट चाउचाउ बिक्री गरेको भन्दै यशोदा फूड्सविरुद्ध परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । ग्राहकलाई झुक्काउने गरी वाइवाइको जस्तै खोल प्रयोग गरेको भन्दै सीजी गुप्रले यशोदा फूड्सविरुद्ध मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दाको फैसला गर्दै उच्च अदालत पाटनको पुस ११ गतेको संयुक्त इजलासले यशोदा फूड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो । यस्तै अदालतले करेन्ट चाउचाउको वाइवाइ जस्तै देखिने ट्रेडमार्क आवेदनलाई समेत अघि नबढाउन उद्योग विभागलाई आदेश दिएको छ।
राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा बनाएको ख्यातीलाई यशोदा फुड्सले बिग्रान खोजेको सीजी गुप्रले आरोप लगाएको थियो ।