काठमाडौं। । वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट हालसम्म एक हजार १ सय ३७ महिला वडा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले ९४ स्थानीय तहको मत गणना समाप्तपछि यो नतिजा सार्वजनिक गरेको हो । आयोगले विज्ञप्ति जारी गदै वडामा ५ सय ४२ दलित महिला र ५ सय ९५ अन्य महिला निर्वाचित भएको उल्लेख गरेको छ ।
आयोगका अनुसार हालसम्म ३ हजार २ सय ८५ प्रतिनिधि निर्वाचित भएका छन् । जसमा नगर प्रमुख ९४, उपप्रमुख ९४, वडाध्यक्ष ७ सय ७८ र वडा सदस्य एक हजार १ सय ८२ निर्वाचित भैसकेका छन् ।