Advertisement
Advertisement
Advertisement
Advertisement

लोप हुँदैछन् पुराना प्रविधि

  |      12:41:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १, उदयपुर ।  गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ । 

 

सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा लोकप्रिय रहेको जाँतो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसँगै पूर्ण विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा बताउँछन् । 

 

इनामेमा आजभन्दा सात वर्षअघिसम्म स्थानीय यारीखोलामा सञ्चालन हुँदै आएको पानीघट्ट अहिले पूर्णरुपमा बन्द हुन पुगेपछि पानीघट्ट लथालिङ अवस्थामा रहेको ताप्ली गाउँपालिका–४ का ७० वर्षीय कृष्णमान तामाङ बताउछन् । तामाङ भन्छन्, “पहिलापहिला गाउँमा बिजुली नआउँदा र मिल स्थापना नहुँदा यारीखोलाको पानी घट्टमा वल्लोपल्लो गाउँका गाउँले धान कुटाउन कोदो मकै पिसाउनेको ओइरो नै लाग्थ्यो, अब घट्ट भत्किदै गइसक्यो, यो क्षेत्र सुनसान बन्न पुगेको छ, सबै आफ्नै टोलटोलमा नयाँ प्रविधिको मिल सञ्चालन गरेर धान, कोदो र मकै पिस्छन् ।” 

 

उदयपुर लिमचुङबुङ बराहका ६८ वर्षीय होमप्रसाद बराल हिजोआज गाउँमा ढिकी र जाँतो विस्थापित हुन पुगेकामा निकै चिन्तित बन्न पुगेका छन् । बराल भन्छन्, “विगतमा गाउँघरमा ढिकी, जाँतो चल्दा र ढिकी, जातोको आवाज आउँदा पनि गाउँघर रमाइलो हुन्थ्यो, तर अहिले गाउँमा ढिकी घर भत्किसके, जाँतो उखेलिएर फालिसके, अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुँदा गाउँ नै सुनसान हुन पुगेको छ ।” 

 

गाउँमा दशैँ, तिहारको समयमा र विवाहलगायत विभिन्न कार्य हुँदा ढिकीमा च्यूरा तथा धान कुट्ने कार्यले गाउँ नै रमाइलो हुने गथ्र्यो । आज नयाँ प्रविधिको कारण पुराना प्रविधि विस्थापित भएपछि गाउँघर नै सुनसान हुन पुगेको जाँतेका ६० वर्षीय चन्द्रकला राईको धारणा छ । 

 

आजभन्दा सात वर्षअघिसम्म जिल्लाको मध्यपहाडी र पूर्वीपहाडी क्षेत्रमा धेरै स्थानीय बासिन्दा ढिकी र जाँतो नै प्रयोग गरेर धान कुट्ने मकै तथा कोदो पिस्ने गरे पनि अब नयाँ प्रविधिले गर्दा हिजोका ढिकी र जाँतो विस्तारै इतिहास बन्न पुगेको जनता उच्च मावि जाँतेका प्राचार्य पुष्पराज राई बताउछन् । 

 

साउने खाँबुका डिकबहादुर मगर भन्छन्, “आफूहरुको गाउँमा त १२ वर्षदेखि नै मिलमा धान कुटाउने र मकै तथा कोदो पिस्ने गर्दै आएका छौँ, नयाँ प्रविधिको आगमन र युवतीहरुमा अध्ययन गर्ने क्रम बढेसँगै ढिकी, जाँतो चलाउन छाडिएको छ ।”

 

गाउँगाउँमा बिजुली विस्तार भएको र विद्युत् नपुगेको स्थानमा पनि मिल स्थापना गरेर इन्धनबाट मिल चलाउने प्रविधि आएपछि अब जिल्लाको पहाडी क्षेत्रमा पुराना प्रविधि विस्तारै विस्थापित हुँदै गएको गाउँलेहरु बताउँछन् । 

 

कतिपय गाउँलेका घरमा अहिले पनि पुराना जाँतो र ढिकी रहे पनि प्रयोगमा ल्याउन छाडेका कारण अब यसको प्रचलन नै हराउन थालेको आँपटार रौता उच्च माविका प्राचार्य महेन्द्र राउतको भनाइ छ । 

 

दश वर्षअघिसम्म जिल्लाको पहाडी क्षेत्रमा घरघर र गाउँगाउँमा सञ्चालन हुने ढिकी, पानीघट्ट र जाँतो अब विस्तारै इतिहास बन्न थालेको यस क्षेत्रका पढे लेखेका विज्ञहरु बताउँछन् । अन्नबाली ढिकी, जाँतो र घट्टमा कुटानी पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यी परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक देखिन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement