Advertisement
Advertisement
Advertisement
Advertisement

लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दै

  |      12:11:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ९, साँखु । पछिल्लो समय लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दै गएको पाइएको छ । 

सरकार र विभिन्न सङ्घसंस्थाले लागूऔषध प्रयोगकर्ता घटाउने तथा यसको प्रयोगले हुने असरबारे सचेत गराउने विषयमा विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोगक र कारोबारमा कमी आउन सकेको छैन । महानगरीय प्रहरी वृत्त बौद्धले १४ महिनामा ६० लागूऔषध प्रयोगकर्ता पक्राउ गरी मुद्दा चलाएको छ । दर्ता भएका ३५ मुद्दामा १९ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो। 

 

आर्थिक वर्ष २०७४/७५ मा ३० युवा र सात किशोर लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेका थिए । चालु आवको असोज पहिलो सातासम्म १८ वर्ष भन्दा बढी उमेरका २३ जना पक्राउ परेका छन् । गत आव र चालु आवको तुलनात्मक अध्ययनले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ । यसको नियन्त्रण र रोकथामका लागि हुने गरेका विभिन्न कार्यक्रम व्यवहारमा लागू भएका देखिँदैनन् । 

 

परिवारको संरक्षण नपाएका, सडक बालबालिका, कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालकालिका तथा युवा लागूऔषधको प्रयोगकर्ता बढी भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खानाल बताउनुहुन्छ । लागूऔषध प्रयोगकर्ताको अवस्था दिनदिनै दयनीय बन्दै गएको उहाँको भनाइ छ । “साथीसङ्गतका कारण थुप्रै बालबालिका कुलतमा फसेका छन्,” उहाँले भन्नुभयो । 

 

लागूऔषध सेवनकर्ता र कारोबारीको सङ्ख्या न्यूनीकरण गर्न तथा युवापुस्तामाझ यसको दीर्घकालीन असरबारे सचेतना अभियान सञ्चालनमा जोड दिनु पर्छ । प्रहरी निरीक्षक गिरी लागूऔषध प्रयोगकर्ता लागूऔषध ओसारपसारमा समेत संलग्न रहेको पाइएको बताउनुहुन्छ । गत भदौ ३१ गते मात्रै प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र नक्कली पेस्तोलसहित प्रहरीले चुच्चेपाटीबाट इलामको माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल ९मगर०, मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिवसताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राईलाई पक्राउ गरेको थियो । उनीहरू प्रयोगकर्ता मात्रै नभएर कारोबारी समेत हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । 

 

अहिले युवा हतियारसहित लागूऔषधको प्रयोग र कारोबारीमा लागेको भन्दै प्रहरीले पछिल्लो समय अनुसन्धानलाई तीव्र पारेको छ । अन्तर्राष्ट्रिय मुद्दासमेत बनेकोे लागूऔषधको नेपालमा अझै रोकथाम हुनसकेको छैन । यसको ओसारपसार र प्रयोग गर्नेमा बालबालिका तथा युवायुवतीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी गाँजा, नारोजैसिक, डाइजेपाम, एभिल, कोरेक्स, नाइट्रोसन, स्मास्मो प्रोक्सिन र खैरो हिरोइनलगायतका लागूऔषध प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement