Advertisement
Advertisement
Advertisement
Advertisement

लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना जगाउँदै प्रहरी

  |      12:17:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १०, सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरीले अभियान थालेको छ । 

समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट प्रहरीले सचेतना अभियान थालेको हो ।

 वीरेन्द्रनगर नगरपालिका–८ को सिद्धपाइला अंग्रेजी विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दुव्र्यसनी र लागूऔषधका विषयमा सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए। 

“कार्यक्रममा प्रथमतः बालबालिकालाई लागूऔषध दुव्र्यसनीसम्बन्धी जानकारी, त्यसको असर र बच्ने उपयाका बारेमा प्रष्ट पारिएको छ,” प्रहरी नायब उपरीक्षक चौधरीले भने । त्यस्तै लागूऔषधी दुव्र्यसनीमुक्त समाज बनाउन अभिभावक र शिक्षकले पूरा गर्नुपर्ने दायित्वका विषयमा पनि विशेष जोड दिइएको उनको भनाइ छ । 

त्यसैगरी, लागूऔषध दुव्र्यसनीको उत्पादन, बिक्री वितरण र त्यसको प्रयोगकर्तालाई हुने कानूनी कारबाहीका विषयमा पनि जानकारी गराइएको प्रहरीले बताएको छ । पछिल्लो समयमा समाजमा दिनहुँरुपमा लागूऔषधको दूव्र्यसनी, जुवातास, मद्यपानजस्ता विकृति बढ्दै जान थालेपछि सचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । 

दुव्र्यसनी किशोर अवस्थाबाट शुरु हुने भएकाले यही उमेर समूहका विद्यार्थीका लागि सचेतना कार्यक्रम प्राथमिकता दिइएको उनले बताए । दुव्र्यसनीसम्बन्धीको सचेतना कार्यक्रममा उक्त विद्यालयका ७८ जना बालबालिका सहभागी भएका थिए । विद्यार्थीबाट समाजमा छिटो सचेतना फैलिने भएकाले उनीहरुलाई यस कार्यक्रममा सहभागी गराइएको प्रहरीले जनाएको छ । 

सुर्खेत प्रहरीले यो अभियानलाई यहाँका सबै स्थानीय तहसम्म लैजाने र त्यहीअनुरुपको वार्षिक योजना निर्माण भएको बताइएको छ । यसबाट समाजमा हुने विभिन्न खालका अपराधमा कमी आउने र विकास एवं परिवर्तनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement