Advertisement
Advertisement
Advertisement
Advertisement

लागुपदार्थ दुव्र्यसनविरुद्ध किशोरी सक्रिय

  |      13:11:00   |  
लागुपदार्थ दुव्र्यसनविरुद्ध किशोरी सक्रिय

असार १८, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुव्र्यवसविरुद्ध एकजुट भएका छन् । शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा लागुपदार्थ सेवन गरी  झैझगडा र  होहल्ला गर्ने गरेकाले  गाउँमा लागुपदार्थ नियन्त्रण अभियान थालेका छन् । 
शिवपुरलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा सबैको सहयोग हुनुपर्ने सरस्वती किशोरी संवादका अध्यक्ष शान्ति जिसीले बताउनुभयो । दिनभरि लागुपदार्थ सेवन गर्ने र घरमा श्रीमती र छोराछोरीलाई यातना दिने गरेकाले अब निश्चितबाहेक अन्य समयमा मदिराजन्य पदार्थ बेचबिखनमा समेत रोक लगाइने जिसीले जनाउनुभयो ।
टोलमा बालविवाह, बहुविवाह, बालश्रम जस्ता गैरकानूनी काम पूर्ण रुपमा निषेध गरिने भएको छ । टोललाई मदिरा र  चोरीडकैती मुक्त बनाउन तथा पीडितलाई राहत दिन किशोरीले पहल गर्ने भएका छन् । मदिरा बिक्री तथा प्रयोगमा पाँच नियमसमेत बनाइएको किशोरी सीमा खड्काले बताउनुभयो । अनुमतिप्राप्त व्यवसायीले साँझ ५ बजेदेखि ८ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने, बाहिरबाट आउने मदिरालाई पूर्ण रुपमा निशेष गर्ने, स्थानीय मदिरा उत्पादकलाई सचेत गराई उत्पादनमा रोक लगाउने तथा यसबारे व्यापक रुपमा प्रचारप्रचार गर्ने किशोरीको योजना  छ ।
किशोरीहरु टोललाई नमूना बनाउने योजनामा लागेकाले यसमा नगरपालिकाको पूर्ण साथ रहने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । थारु समुदायको बाहुल्य रहेको शिवपुरमा घरघरमा पुगेर किशोरीले सचेत गराउन सकेमा न्यूनीकरण हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । 
पछिल्लो समयमा किशोरमा लागुऔषधको प्रयोग गर्नेक्रम बढेकाले अभिभावकले विशेष ध्यान दिनुपर्ने वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताउनुभयो । साँझ १५ देखि २० वर्ष उमेर समूहका किशोरले सडकको किनार तथा चौरमा लागुऔषध प्रयोग गर्ने गरेकाले समयमा रोक्न नसके दुर्घटना निम्तिने उहाँले बताउनुभयो । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement