असोज २७ , काठमाडौं । विवाहित महिलाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व उजागर गर्ने उद्देश्यले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का प्रतिस्पर्धीले काठमाडौंमा आयोजित ‘द ग्ल्याम नाइट’ फेसन शोमा र्याम्प वाक गरेका छन्।
कार्यक्रममा सहभागी प्रतिस्पर्धीले आकर्षक पहिरनमा र्याम्पमा आफ्नो प्रस्तुति दिएका थिए। फेसन शोले विवाहित महिलाको सौन्दर्यसँगै उनीहरूको आत्मविश्वास, क्षमता र व्यक्तित्वलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
यस्ता कार्यक्रमले विवाहपछि पनि महिलाले आफ्नो रुचि, प्रतिभा र व्यक्तिगत पहिचानलाई निरन्तरता दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। साथै, महिलालाई आफ्नो क्षमता प्रस्तुत गर्न र सामाजिक तथा व्यावसायिक क्षेत्रमा अघि बढ्न प्रोत्साहित गर्ने माध्यमका रूपमा पनि यस्ता प्रतियोगितालाई लिइन्छ।