Advertisement
Advertisement
Advertisement
Advertisement

रोल्पामा सम्बन्धविच्छेद बढ्दो

  |      14:13:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २०, रोल्पा । घरेलु हिंसाका कारण रोल्पामा सम्बन्ध विच्छेदको क्रम पनि बढ्दै गएको देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्दा फाँटमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका एक सय १७ घरेलु हिंसाका घटनामध्ये ८२ मिलापत्र भए पनि ३१ सम्बन्ध विच्छेदका लागि अदालत गएका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर मिलापत्र हुन नसकेका ती मुद्दासहित सो वर्ष जिल्ला अदालत रोल्पामा एक सय ६९ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बताइएको छ । 

 

आव ०७३/७४ मा जिल्ला प्रहरी कार्यालयमा ८८ घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा नौ मुद्दा मात्रै सम्बन्ध विच्छेदका लागि अदालत गए । घरेलु हिंसाका घटना बढ्दै जाँदा त्यसको प्रभाव सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको देखिएको छ । हरेक वर्ष बढ्दै जाने सम्बन्ध विच्छेदका घटनाले परिवारको शिक्षा, स्वास्थ्य तथा जीविकालाई समेत प्रभाव पार्ने गरेको सामाजिक अभियानकर्मीले बताएका छन् । 

 

स्थानीय तहमा गठन भएका न्यायिक समितिका कारण जिल्ला अदालतसम्म आउने देवानी मुद्दाको संख्या घटे । तर, सम्बन्ध विच्छेदका मुद्दा घटेका छैनन । न्यायिक समितिले सम्बन्ध विच्छेद पूर्व मेलमिलापका लागि सहजीकरण गर्छ । तर पनि मुद्दा दर्ताको संख्या नघटेको बताइएको छ । जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दामध्ये ५५ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको रहेको जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ । 

 

अघिल्लो वर्ष दर्ता भएका तीन सय २४ मुद्दामध्ये एक सय ६८ मुद्दा सम्बन्ध विच्छेदका थिए । “१३/१४ वर्षकै उमेरमा विवाह गर्ने अनि २०/२२ वर्ष पुगेपछि सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको छ,” मेलमिलापकर्ता तीर्था आचार्यले भन्नुभयो । मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने तथा खान लाउन नदिनेजस्ता कारणले सम्बन्ध विच्छेद गर्न महिला बाध्य हँुने आचार्यको भनाई छ । 

 

वैदेशिक रोजगारी बढेसँगै परिवारमा भित्रिएको जीवनशैलीले पनि असर गरिरहेको छ ।अंश लिएर सम्बन्ध विच्छेदको माग गर्दा दुबै पक्षको नाममा रहेको सम्पत्ती के कति छ खोजबिन गर्दा लामो समय लाग्ने भएकाले अंश नलिएर सम्बन्ध विच्छेद गर्ने गरेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले बताउनुभयो । 

 

स्थानीय सरकारले घरेलु हिंसा न्यूनिकरणका विभिन्न कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दा समेत हिंसा घटेको देखिएको छैन । प्रहरीले समेत सडक नाटक तथा विभिन्न प्रचारात्मक कार्यक्रम गरी घरेलु हिंसा न्यूनीकरणका अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

 

विगतमा घरेलु हिंसा भए पनि प्रहरीसम्म उजुरी गर्न आउनेको संख्या निकै कम हुने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो । “प्रहरी तथा अन्य निकायले सञ्चालन गरेको चेतनामूलक कार्यक्रमका कारण पीडितले खुलेर उजुरी दिन थालेसँगै संख्या बढेको हो,” फुँयालले भन्नुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement