Advertisement
Advertisement
Advertisement
Advertisement

रित्तै हात फर्कन्छन् राष्ट्रिय पुस्तकालय पुग्ने पाठक

  |      12:58:00   |  
वेब तस्विर
वेब तस्विर

►सञ्चिता घिमिरे 

असोज १०, ललितपुर । हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य हुने गर्दछन् । भूकम्पका समयमा भवन क्षतिग्रस्त भएपछि पुस्तकालयले पूर्ण सेवा सूचारु गर्न नसक्दा पाठक रित्तो हात फर्कन बाध्य भएका हुन् । 

विसं २०७२ मा गएको विनाशकारी भूकम्पले पुस्तकालय लथालिङ्ग बनेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताउनुभयो । पुस्तकालय सार्ने ठाउँ नहुँदा पहिले बाल शाखा रहेको पुरानो भवनमा सीमित हुनु परेको छ । दैनिक झण्डै १० देखि १५ जनासम्म पाठक पुस्तक खोज्दै आउने गरेका छन् । उहाँले भन्नुभयो, “तर उहाँहरुले खोजेको पुस्तक नभेटेरै फर्कनुहुन्छ ।” 

 

भूकम्पभन्दा पहिले दैनिक सय जनाभन्दा बढी पाठक पुस्तकालय आउने गर्दथे । विद्यालयमा लामो छुट्टी हुने समयमा यो सङ्ख्या ह्वात्तै बढ्ने गर्दथ्यो । भूकम्पपछि यहाँबाट पर्याप्त सेवा दिन नसकेकाले विस्तारै पाठकको सङ्ख्यामा कमी आएको छ । उहाँले भन्नुभयो, “पाठक नआएको भन्दा पनि आएकालाई सेवा दिन सकिएको छैन ।” 

 

बाल शाखामा बाँकी रहेका झण्डै सात हजार पुस्तक लामो समयसम्म बोरामा नै थन्काएर राख्नुपरेको थियो । अहिले तीनलाई ¥याकमा राखिएको छ । पुस्तकालयमा अहिले थोरै पुस्तक मात्रै छन् । यहाँ आउने अधिकांश पाठकले खोजेको पुस्तक नपाएपछि निराश भई फर्कने गरेको अधिकृत श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “धेरैले खोजेको पुस्तक भेटिएन भन्दै फर्कने गर्छन् ।” 

 

अहिले पुस्तकालय रहको भवन साँघुरो हुँदा पुस्तकलाई व्यवस्थित रुपमा राख्न नसकिएको उहाँले बताउनुभयो । पहिले पर्याप्त ठाउँ हुँदा विषयअनुसार पुस्तकलाई छुट्टाएर राख्ने गरिएको थियो । अहिले सबै पुस्तक मिसाएर राख्दा पाठकले खाजेका पुस्तक यहाँ भएर पनि सजिलै भेट्न सक्दैनन् । 

 

पुस्तक नबिग्रियोस् भनेर पुस्तकालयले समय समयमा विषादी हाल्ने गरेको छ । अहिले पुस्तकालय रहेको भवन जीर्ण अवस्थामा रहेकाले पुस्तकको सुरक्षामा समस्या भएको छ । वर्षायाममा भित्ताबाट पानी चुहिन्छ । उहाँले भन्नुभयो, “पुरानो र चर्किएकै भए पनि यही भवनलाई मर्मत गरेर बस्नुपर्ने बाध्यता छ ।” अहिले भवनमा छाना फेर्नेलगायत मर्मत भएको छ । 

 

यस पुस्तकालयमा पहिले झण्डै एक लाखको हाराहारीमा पुस्तक रहेका थिए । अहिले ती पुस्तक तीन ठाउँमा राख्नु परेको पुस्तकालय अधिकृत श्रेष्ठले बताउनुभयो । भूकम्पले पुस्तकालय, मानवअधिकार आयोग, निजामती किताबखाना रहेको शङ्कर भवन क्षतिग्रस्त बन्यो । किताब बिग्रने अवस्थामा तत्काल महेन्द्र भवन माध्यमिक विद्यालयमा लगिएको थियो । अहिले झण्डै ५० हजार पुस्तक सोही विद्यालयमा राखिएका छन् । 

 

झण्डै २३ हजार पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा रहेको पुस्तकालयले जनाएको छ । ती दुबै ठाउँमा रहेका पुस्तक पाठकको पहुँचमा छैनन् । 

 

स्थायी संरचना बनाउनका लागि नक्सा बनेपनि काम अघि बढ्न सकेको छैन । अस्थायी संरचना नै बनाएर पनि पुस्तकालय सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । बाल शाखाको अगाडि रहेको राष्ट्रिय मानवअधिकार आयोगको जग्गामा अस्थायी संरचना बनाउन सके पुस्तकालय सञ्चालनमा ल्याउन सकिने कर्मचारीहरु बताउँछन् । अधिकृत श्रेष्ठले भन्नुभयो, “अस्थायी संरचना बनाउन सके एकातिर पुस्तकको संरक्षण हुन्छ, भने अर्कातिर पाठकले सेवा पाउनेछन् ।” 

 

विसं २०१३ मा राजगुरु हेमराज पाण्डेको निजी पुस्तक खरीद गरेर राष्ट्रिय पुस्तकालयको स्थापना भएको थियो । सिंहदरबारमा रहेको सिक्री ढोका भवनबाट नेपालमा पुस्तकालय शुरु भएको पाइन्छ । सिंहदरबारको केन्द्रीय सचिवालयमा रहेको पुस्तकालय पनि यहीँ गाभिएको थियो । 

 

विसं २०१७ सालमा पुस्तकालयलाई सारेर शङ्कर भवनमा ल्याएको पाइन्छ । विसं २०१७ सम्म सन्दर्भ पुस्तकालयका रुपमा रहेको यो पुस्तकालय २०१८ सालदेखि सर्वसाधारणका लागि खुल्ला भएको हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement