काठमाडौं। रुस्लान राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि राईजिङ क्रिकेट वुमन काठमाण्डौले जितेको छ । कैलालीको अत्तरियमा आज भएको फाईनलमा विभागीय टिम एपीएफलाई १६ रनले पराजित गर्दै विदेशी खेलाडी सम्मिलित राईजिङ क्रिकेट वुमनले पहिलो संस्करणको उपाधि हात पारेको हो । विजेता राईजिङले २ लाख र उपविजेता एपीएफले १ लाख रुपैयाँ प्राप्त गर्यो । १ सय ५३ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनमात्र बनाउन सक्यो ।
ज्योती पाण्डेले ४८ रन बनाएको इनिङ्समा करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाईन । काठमाण्डौकी पुजा निमा भाटले सर्वाधिक ४ विकेट लिईन् । यसअघि, अत्तरीयास्थित एपीएफको खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनायो । पुजा निमाभाटले ३७ रन बनाएको इनिङ्समा सेहनाज पर्विनले २५ रन जोडिन् । एपीएफकी शरिता मगरले ३ तथा करुण भण्डारीले २ विकेट लिईन । सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको भब्यतापुर्वक समापन गरिएको सुदुरपश्चिमाञ्चलमा त्यसको एक हप्तापछि महिला क्रिकेट प्रतियोगिताको आयोजना भएको हो ।