Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रिय महिला भलिबल वैशाखमा

  |      23:33:00   |  
राष्ट्रिय महिला भलिबल वैशाखमा

फागुन २६, काठमाडौं ।  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग एवं नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने सो प्रतियोगिता आगामी वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुनेछ । 


आज यहाँ आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले सो प्रतियोगितालाई जापानको बहुराष्ट्रिय कम्पनी केएनपीले मुख्य प्रायोजन गरेको जानकारी दिनुभयो । सो अवसरमा केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काबीच सम्झौतापत्र आदानप्रदान भएको हो । केएनपी जापानका नेपाल प्रमुख मिश्रले समाजलाई एकतामा बाँध्ने खेलकूद क्षेत्रमा कम्पनी जोडिन पाउँदा खुशी व्यक्त गर्नुभयो । “हामी प्रतियोगिताको गरिमालाई बढाउन कुनै कसर बाँकी राख्ने छैनौँ”, उहाँले भन्नुभयो । 


सम्झौता अनुसार सो प्रतियोगिता अब ‘पाँचाँै केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामले सञ्चालन हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएपछि तेस्रो पटक मुख्य प्रायोजकको जिम्मेवारी सम्हालेको केएनपी जापानले आपसी समझदारीमा नगद, मञ्च व्यवस्थापन, होडिङ बोर्ड, तुल, ब्यानरलगायत फुटकर खर्चमा आयोजकसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । 


नेपाल भलिबल सङ्घका महासचिव चन्दले नेपाली भलिबलको विकास र विस्तारमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभायो । उक्त प्रतियोगितामा साविक विजेता एपीएफ, न्यूडायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकाउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । 


प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तृतीय हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेशल अवार्ड विजेताले जनही रु १५ हजार प्राप्त गर्नेछन् । आयोजकका अनुसार चार दिनसम्म चल्ने सो प्रतियोगिता सञ्चालन गर्न अनुमानित रु २१ लाख लाग्नेछ । - रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement