काठमाडौं। हेटौडामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्तरगत आज भएको लिग चरणका खेलमा आयोजक हेटौंडा र सुदुरपश्चिम विजयी भएका छन । जितसंगै हेटौंडा अन्तिम चारमा प्रवेश गरेको छ भने सुदुर पश्चिमले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । महोत्तरी प्रतियोगिताबाट बाहिरिने पहिलो महिला टोली बनेको छ । आयोजक हेटौंडाले महोत्तरीलाई १–० गोल अन्तरले पराजित गर्यो । उसको जितमा निकिता बस्नेतले खेलको २९ औं मिनेटमा गरिन् । यस्तै सुदुरपश्चिमाञ्चलले झापालाई २–० गोलअन्तरले पराजित गर्यो । उसको जितमा शिल्पा डामौराले २२ औं मिनेटमा र तुल्सी डामौराले ३४ औं मिनेटमा गोल गरिन् । सेमिफाईनलमा स्थान बनाउन झापाले भोली नेपाल आर्मीलाई पराजित गर्नुपर्नेछ । सो खेलमा झापा पराजित भए सुदुरपश्चिमले अन्तिम चारमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ५१ हजार रुपैया, उपविजेताले ३१ हजार रुपैया र तेस्रो हुने टोलीले नगद २१ हजार रुपैया प्राप्त गर्नेछन् । हक्की संघ मकवानपुरद्धारा आयोजित प्रतियोगिताको फाइनल खेल भने आगामी शुक्रवार हुनेछ ।