Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रपति र प्रधानमन्त्रीको ५ पटक विदेश भ्रमण, १० करोड बढी स्वाहा

  |      15:21:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २२,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीकोको विदेश भ्रमणमा राज्यको ढुकुटीबाट ठूलो रकम खर्च भएको देखिएको छ।राष्ट्रपति र प्रधानमन्त्रीको ५ देशको राजकीय भ्रमण र सम्मेलनमा भाग लिन मात्रै १० महिनाको अवधीमा १० करोड भन्दा बढी रकम स्वाहा भएको छ। अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको ५ देशको राजकीय भ्रमण र सम्मेलनमा भाग लिन मात्रै १० महिनाको अवधीमा १० करोड भन्दा बढी रकम स्वाहा भएको छ। परराष्ट्र मन्त्रालयको नाममा निकाशा हुँदै आएको सो रकम एउटै भ्रमणमा पनि करोड भन्दा कम खर्च भएको छैन। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली १० महिनामा ५ पटक विदेश भ्रमणमा गए।

 

 

३ पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमण गरे राष्ट्रपति विद्या भण्डारीले दुई पटक औपचारिक विदेश भ्रमण गरेकी छन्।प्रधानमन्त्री ओलीको ३ पटकको विदेश भ्रमणमा ६ करोड ९५ लाख ८७ हजार ५ सय ७६ रुपैयाँ खर्च भएको छ भने राष्ट्रपति भण्डारीको २ पटकको भ्रमणमा ३ करोड २१ लाख ६७ हजार ४ सय ४० रुपैयाँ खर्च भएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको ५ पटकको भ्रमणको लागि जम्मा १० करोड १७ लाख ५५ हजार १६ रुपैयाँ निकाशा भएको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको ५ देशको राजकीय भ्रमण र सम्मेलनमा भाग लिन मात्रै १० महिनाको अवधीमा १० करोड भन्दा बढी रकम स्वाहा भएको छनयाँ वर्ष २०७५ को सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणमा छिमेकी मुलुक भारतमा गए।

 

 

उनले जम्बो टोली सहित लिएर गए। त्यो बेलामा परराष्ट्र मन्त्रालयको नाममा प्रधानमन्त्रीको भारत भ्रमणका लागि खर्च भनेर १ करोड ६ लाख ९१ हजार १ सय ३९ रुपैयाँ निकाशा गरिएको छ।हवाइ टिकट, भ्रमण भत्ता, विमा र नेपाली राजदूताबास नयाँ दिल्लीमा भएको खर्र्च भुक्तानी गर्ने, अन्य प्रयोजनका लागि भनेर निकाशा गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै फेरि २०७५ असार ५ देखि १० गतेसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा जम्बो टोली चीनको औपचारिक भ्रमणमा गयो। त्यो बेला पनि प्रधानमन्त्रीको टोलीको खर्चका लागि परराष्ट्र मन्त्रालयका नाममा १ करोड ५१ लाख १५ हजार ४५७ रुपैयाँ बिनियोजन गरिएको छ।

 

 

गत महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको युएनको ७३ औं महासभामा भाग लिनका लागि र कोष्टारिकाको औपचारिक भ्रमणमा जाँदा प्रतिनिधि मण्डलको खर्चका लागि भनेर ठूलो रकम निकाशा गरिएको थियो। कोष्टारिकाको भ्रमणमा ४ करोड ३७ लाख ८० हजार ९८० रुपैयाँ विनियोजन भएको तथ्याङ्कले देखाएको छ। यो ३ पटकको भ्रमणमा प्रधानमन्त्रीको भ्रमण मध्येकै महंगो भ्रमण नै यही हो। राष्ट्रपतिको भ्रमणमा पनि प्रधानमन्त्रीको भ्रमणमा हुने खर्चकै हाराहारीमा हुने गरेको छ। गत कार्तिकमा १२ गतेदेखि–१५ गतेसम्म कतारमा भएको ‘कतारका अमिरको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधि मण्डलको नेतृत्व गरेर गएकी राष्ट्रपति विद्यादेबी भण्डारीकोे भ्रमणका लागि परराष्ट्र मन्त्रालयकै नाममा १ करोड २० लाख २४ हजार ७७५ रुपैयाँ निकाशा गरिएका अर्थमन्त्रालयको तथ्याङ्कमा देखिएको छ।त्यस्तै दोश्रो पटक पोल्याण्डको औपचारिक भ्रमणमा जाँदा २ करोडबढी रकम खर्चका लागि निकाशा गरिएको थियो। मंसिर १७–१८ गते पोल्याण्डमा प्रतिनिधिमण्डलको भ्रमण खर्चका लागि २ करोड १ लाख ४२ हजार ६६५ रुपैंयाँ निकाशा गरिएको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement