Advertisement
Advertisement
Advertisement
Advertisement

रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

  |      14:59:00   |  
Web Image
Web Image

बैशाख १६, पाल्पा । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छिन् । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ । 

गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना बताउँछिन् । उनी भन्छिन् , “गाउँबाट तानसेन पुग्न चार/पाँच घण्टा लाग्छ, एक दुई जना पनि साथमै लिएर जानुप¥यो, टाढाको ठाउँ, खाने, बस्ने गाडी भाडा खर्च, आउजाउ गर्न सकस हुन्थ्यो, यहीँ सुविधा पाइयो, धेरै खुसी छु ।”


पन्ध्र वर्षको उमेरमा विवाह गरेकी रानाले पहिलो सन्तान जन्माउनु भएको हो । डा रन्दीप राउतसहितको टोलीले रानाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । गाउँघरमा सेवा सुविधा विस्तार हुँदा नागरिकलाई सेवा लिन सजिलो भएको रानाकी सासुआमा इमिसरा बताउछिन् । उनले चार छोरा र एक छोरीलाई मेलापात, घाँसदाउरा तथा गोठालो गर्दै जन्माएकी थिइन् । “अब छोरी बुहारी अस्पतालमै सुत्केरी हुनुपर्छ, नत्र ज्यानको जोखिम रहन्छ”, इमिसराले भनिन् ।


“हाम्रो समयमा गाउँमा स्वास्थ्य सुविधा थिएन, कोहीले मेलापात, कोहीले घाँसदाउरा, गोठालो गर्दैमा बच्चा जन्माए”, उनले भनिन् । अस्पतालमा २०७७ चैतमा तत्कालीन डा वासुदेव सुवेदीसहितको टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो । त्यसबेलादेखि नियमितरुपमा डा सुवेदी नेतृत्वको टोलीले गत वर्ष भदौसम्म शल्यक्रियामार्फत सफल प्रसूति सेवा प्रवाह गर्दैआएको थियो । डा सुवेदी अन्यत्र सरुवाभएपछि उक्त सेवा बन्द हुन पुग्यो । 


हालसम्म २७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतम बताउँछिन् । उनका अनुसार गत साउनदेखि हालसम्म अस्पतालमा २०९ जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार अहिले चिकित्सकको व्यवस्थापन भएपछि रोकिएको सेवालाई पुनः सुरु गरिएको बताउँछन् ।


“चिकित्सक अभाव र प्राविधिक समस्याले अस्पतालमा करिब सात महिना शल्यक्रियाबाट प्रसूति सेवा रोकिन पुग्यो, अब नियमितरुपमा सेवा पाइन्छ”, उनले भने । शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक तथा आवश्यक उपकरणको बन्दोबस्त गरिएको छ । 


विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको उक्त अस्पतालमा झण्डै २५ वर्षपछि शल्यक्रिया सेवा सुरु भएको थियो । गर्भवती, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफारलगायत सेवा दिने गरी निक साइमन्स् इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालिएका हो । प्रसूति सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको छ ।


पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व (नवलपुर) को केन्द्रबिन्दु रामपुरमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालले बाहिर जान नपर्ने गरी सेवा दिन चिकित्सकलाई निर्देशन दिएको छ । चिकित्सकले चौबिसै घण्टा खटिएर सेवा दिइरहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement