Advertisement
Advertisement
Advertisement
Advertisement

राज्यले माफी माग्नुपर्छ : द्धन्द पीडित महिला

  |      22:14:00   |  
राज्यले माफी माग्नुपर्छ : द्धन्द पीडित महिला

काठमाडौँ । सशस्त्र द्वन्द्वबाट प्रभावित महिलाले विना गल्ती तत्कालीन राज्य र विद्रोही पक्षको चेपुवामा परेर धेरै खालका हिंसा सहनु परेको बताउँदै राज्यले आफूहरुसगँ माफी माग्नु पर्ने माग गरेका छन् ।

 

अहिले पनि शारीरिक र मानसिक हिंसा भोगिरहनु परेको बताउँदै समाजमा समानपूर्वक बाँच्न पाउनुपर्ने र राज्यले तिमीहरूको गल्ती थिएन भनेर सार्वजनिक रूपमा माफी माग्नु पर्ने अडान उनीहरूको छ ।

 

सशस्त्र द्वन्द्वका घटनाको सत्य तथ्य पत्ता लगाउन गठित दुई वटा आयोगका पदाधिकारीहरुसँग बिहीबार छुट्टाछुटै भेटेर महिलाहरूले त्यस्तो माग राखेका हुन् । सरकारले द्वन्द्वमा भएका घटनाको सत्य पत्ता लगाउन दुई वर्ष अघि सत्य निरुपण तथा मेलमिलाप आयोग र द्धन्द्धका बेला बेपत्ता भएका नागरिकको अवस्था पत्ता लगाउन बेपत्ता छानविन आयोग गठन गरेको थियो ।

 

द स्टोरी किचेनको संयोजनमा आयोग पुगेका बाँके, बर्दिया, जुम्ला, कालिकोट, र कंचनपुरका महिलाहरूले सामाजिक लाञ्छनाले जीवनयापनमै अप्ठ्यारो परेको दुखेसो गरेको किचेनले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य लिला उदासी खनालले नेपाली महिलाले सशस्त्र द्वन्द्वका बेला गम्भीर प्रकृतिका हिंसा भोगेको बताउँदै आयोग त्यसप्रति गम्भीर रहेको बताउनुभयो । पीडितका लागि परिचयपत्र दिने तयारी गरिरहेको र कार्ययोजना बनाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

 

आयोगकी सदस्य डा. माधवी भट्टले द्वन्द्वका बेला बलात्कारपछि जन्मिएका बालबालिकाको पालनपोषण महत्वपूर्ण भएको बताउँदै त्यसका लागि विशेष योजना तयार गर्नुपर्ने बताउनुभयो । अर्की सदस्य मंचला झाले महिला र बालबालिकाको विषय सम्बोधन गर्न कार्यविधि तयार गरेको बताउँदै द्वन्द्वका बेला भएका बलात्कार र यौनजन्य हिंसामा हदम्याद फुकाउन सरकारसँग लिखित अनुरोध गरेको बताउनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगमा ३ हजार भन्दा बढी उजुरी परेको बताउँदै प्रारम्भिक छानविन गरिसकेको र विस्तृत छानविनको प्रक्रिया अघि बढेको बताउनुभयो ।

 

द स्टोरी किचेनकी संस्थापक अध्यक्ष जया लुइँटेलले हिंसा पीडितलाई कानुनी न्याय मात्रै पर्याप्त नभएकाले सामाजिक न्याय दिलाउनुपर्ने बताउनुभएको विज्ञप्तिमा जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement