Advertisement
Advertisement
Advertisement
Advertisement

रजश्वला भएपछि विद्यालय जाँदैनन् किशोरी

  |      12:49:00   |  
रजश्वला भएपछि विद्यालय जाँदैनन् किशोरी

भाद्र ८, सुर्खेत । धार्मिक अन्धविश्वास र छात्रामैत्री वातावरण नहुँदा कर्णालीका अधिकांश किशोरीले रजश्वला (छाउ) भएपछि विद्यालय छाड्ने गरेका छन् । 

 

रजश्वला भएको बेलामा कसैलाई पनि छुन नहुने र सार्वजनिक स्थलमा जाँदा अनर्थ हुने गलत मान्यताका कारण किशोरीले बीचमै विद्यालय छाड्ने गरेका हुन् । कर्णाली प्रदेशमा रजश्वला भएपछि २८ प्रतिशत किशोरी विद्यालय नफर्केको एक अध्ययनले देखाएको छ ।

 

अन्धविश्वासकै कारण अहिले पनि रजश्वलाको समयमा अधिकांश महिला तथा किशोरीलाई छाउगोठमा राख्ने गरिन्छ । रजश्वला भएको बेलामा घरभित्र बस्दा, सार्वजनिक समारोहमा जाँदा देउता रिसाउने गलत मान्यताका कारण यहाँका महिला तथा किशोरी पीडित छन् । गलत मान्यताकै कारण २८ प्रतिशत किशोरी रजश्वला भएपछि विद्यालय छाड्न बाध्य छन् ।

 

कर्णालीका कालिकोट, जुम्ला र मुगुमा हालै गरिएको अध्ययनपछि यस्तो तथ्यांक बाहिर आएको हो । अध्ययन अनुसार हाल यहाँका ७७ प्रतिशत किशोरी रजश्वला भएको बेला छाउगोठमा बस्ने गरेका छन् । अनुसन्धानमा संलग्न अधिवक्ता वसन्त अधिकारीले भने, ‘छाउपडी धर्मसँग जोडिएको छ । अन्धविश्वासका कारण महिनावारी हुँदा किशोरीहरू स्कुल जाँदैनन् ।’

 

कर्णालीमा छाउपडीको कुप्रथाबारे संयुक्त रुपमा अध्ययन गरिएको प्रतिवेदन वीरेन्द्रनगरमा सार्वजनिक गरिएको हो । अध्ययन अनुसार ४८ प्रतिशत महिला तथा किशोरी रजश्वला भएका बेला सामाजिक समारोहमा जाँदैनन् । ७७ प्रतिशत घरभित्र पस्दैनन् भने ९१ प्रतिशत महिला तथा किशोरी महिनावारी हुँदा भान्सामा पस्दैनन् ।

 

रजश्वला हुँदा आराम र पोषिलो खानुपर्ने भए पनि ८५ प्रतिशत महिला तथा किशोरीले दुध र दुधजन्य पदार्थ छुँदैनन् । छाउ बार्ने प्रचलनकै कारण महिला तथा किशोरीमा शारीरिक तथा मानसिक रूपमा पीडित बनेका छन् । हालै लागू भएको मुलुकी अपराध संहितामा महिलालाई छाउगोठमा राखेर वा नराखेर भेदभाव गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार जरिवाना हुने तथा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

 

कर्णालीमा छाउपडी उन्मुलनको क्षेत्रमा काम गरिरहेको एक्सन वक्र्सले किशोरीहरू शिक्षा प्राप्त गर्ने अधिकारबाटसमेत बञ्चित भइरहेको जनाएको छ । ‘कानुन कार्यान्वयनमा कडाइ हुनुपर्छ, स्थानीय सरकारले विषेश ध्यान दिन जरुरी छ’, जिल्ला समन्वय समिति जुम्लाका संयोजक लालबहादुर सार्कीले भने, ‘रजश्वला नियमित प्रक्रिया हो, तर महिला र किशोरीहरू गोठमा सुताइन्छ । यसले समाजको विकासमा नै बाधा पुगेको छ, अब छाउ बार्नेलाई स्थानीय तहले सरकारी सुविधा रोक्नुपर्छ ।’

 

जिल्ला समन्वय समिति कालिकोटका संयोजक अनिपाल शाहीले अन्धविश्वास तोड्न सकेमात्र महिला र किशोरीलाई छाउगोठबाट मुक्त गर्न सकिने बताए ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement